काठमाडौँ, २० कात्तिक (रासस) – निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ ।
आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन् । पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थामा द कार्टर सेन्टर, युरोपेली सङ्घ, एशियन नेटवर्क फर फ्री इलेक्सन र अनकावा इन्टरनेसले पनि पर्यवेक्षणको अनुमति पाएका छन् । सङ्घले लामो अवधिमा १९ पर्यवेक्षक र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]