
मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खोटाङको दिक्तेलमा संयुक्तरुपमा चुनाव प्रचारप्रसार गर्दै वाम गठबन्धनका नेता तथा कार्यकर्ता । तस्बिर – केदार मगर, खोटाङ, रासस
काठमाडौँ, १७ कात्तिक (रासस) – पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।
शनिबारदेखि नै संयुक्त रुपमा त्यस्तो चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ । संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेलले आज निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमा समेत सो कुराको खुलासा गर्नुभएको छ । महासचिव पोखरेलले निर्वाचनमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर निर्वाचन अभियान सञ्चालन गरिने गठबन्धनले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले एकीकृत तथा विकेन्द्रित रुपमा निर्वाचन अभियान सञ्चालन गर्न तयारी भइरहेको बताउनुभयो । वाम गठबन्धनले काठमाडौँ उपत्यकाका १५ मध्ये १० निर्वाचन क्षेत्रमा एमालेले तथा पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।
वाम गठबन्धनले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्ने जनाइएको छ । निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायत विषय समावेश गर्ने तयारी गरिएको छ ।
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला