
मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि प्रचारप्रसारका सामग्री पठाउने तयारी गर्दै निर्वाचन आयोगका कर्मचारी । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १७ कात्तिक (रासस) – आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ गरी जम्मा चार हजार ७०८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसअघि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ महिलाले उम्मेदवारी दिनुभएको थियो । यही कात्तिक ५ गते भएको उम्मेदवारी मनोनयन दर्तामा प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ महिलाले उम्मेदवारी दिनुभएको थियो ।
पहिलो चरणमा प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ । जनसंख्याअनुसार महिलाको प्रतिनिधित्व कम भएको भन्दै अन्तर पार्टी महिला सञ्जालले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
सञ्जालले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा