काठमाडौँ, १५ कात्तिक (रासस) – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले आज भेट गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बाँडफाँडबारे आज छलफल गर्नुभएको छ ।
बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली काँग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित काँग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाउनुभएको थियो । उक्त स्थानमा काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ ।
छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उक्त स्थानमा लोकतान्त्रिक गठबन्धनबाट दुई उम्मेदवारको प्रतिस्पर्धा भए पनि देशभरका अन्य स्थानमा पूर्वसहमति अनुसार दुवै पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
पूर्वसहमति अनुसार काँग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट राप्रपालाई दिने भएको पाठकले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा