काठमाडौँ, १५ कात्तिक (रासस) – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले आज भेट गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बाँडफाँडबारे आज छलफल गर्नुभएको छ ।
बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली काँग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित काँग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाउनुभएको थियो । उक्त स्थानमा काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ ।
छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उक्त स्थानमा लोकतान्त्रिक गठबन्धनबाट दुई उम्मेदवारको प्रतिस्पर्धा भए पनि देशभरका अन्य स्थानमा पूर्वसहमति अनुसार दुवै पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
पूर्वसहमति अनुसार काँग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट राप्रपालाई दिने भएको पाठकले जानकारी दिनुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा