
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली काँग्रेस र राष्टिय जनता पार्टीका शीर्ष नेताहरु बैठक बस्दै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १४ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन प्रमुख तीन राजनीतिक दल छुट्टाछुट्टै बैठकमा केन्द्रित भएका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र मधेस केन्द्रित दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा सहभागी हुनुहुन्छ । विशेषगरी तराई मधेसका जिल्लामा काँग्रेस र मधेश केन्द्रित दलका तर्फबाट हुने चुनावी तालमेलका विषयमा सहमति जुटाउन बैठक बसिरहेको जनाएको हो ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटको प्रक्रिया लगभग सकिएपछि उनीहरु काँग्रेससँगको छलफलमा केन्द्रित भएका हुन् । राजपा नेता मनिष सुमनले छलफल जारी रहेको जानकारी दिनुभयो ।
उता नेकपा(एमाले) स्थायी समितिको बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसैपाटीमा जारी छ । आजको बैठकबाट सबै उम्मेदवारी निक्र्योल गर्ने सो पार्टीले जनाएको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार आज सबै प्रदेश र जिल्लाको उम्मेदवारी टुंगो लाग्ने छ ।
नेकपा (माओवादी केन्द्र) र एमालेबीच आज उम्मेदवारीको विषयमा लगभग सहमति जुटेको छ । सहमतिअनुसार सल्यानमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । विना विभागीय मन्त्री समेत रहनु भएका टेकबहादुर बस्नेतलाई एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवार बनाउने सहमति भएको छ ।
एमाले नेता प्रकाश ज्वाला भने प्रदेश सभाको उम्मेदवार बन्नेछन् । यस्तै सहमति हुन नसकेको झापाको एक क्षेत्रमा भने पूर्वसञ्चारमन्त्री राम कार्कीको विषयमा सहमति भएको छ । यसैगरी माओवादी केन्द्रले पनि आजै उम्मेदवारीलाई अन्तिम रुप दिने जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ उहाँकै निवास लाजिम्पाटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आजै उम्मेदवारी टुंगो लाग्ने जानकारी दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार