
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेपाली काँग्रेस र राष्टिय जनता पार्टीका शीर्ष नेताहरु बैठक बस्दै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १४ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन प्रमुख तीन राजनीतिक दल छुट्टाछुट्टै बैठकमा केन्द्रित भएका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र मधेस केन्द्रित दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा सहभागी हुनुहुन्छ । विशेषगरी तराई मधेसका जिल्लामा काँग्रेस र मधेश केन्द्रित दलका तर्फबाट हुने चुनावी तालमेलका विषयमा सहमति जुटाउन बैठक बसिरहेको जनाएको हो ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटको प्रक्रिया लगभग सकिएपछि उनीहरु काँग्रेससँगको छलफलमा केन्द्रित भएका हुन् । राजपा नेता मनिष सुमनले छलफल जारी रहेको जानकारी दिनुभयो ।
उता नेकपा(एमाले) स्थायी समितिको बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसैपाटीमा जारी छ । आजको बैठकबाट सबै उम्मेदवारी निक्र्योल गर्ने सो पार्टीले जनाएको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार आज सबै प्रदेश र जिल्लाको उम्मेदवारी टुंगो लाग्ने छ ।
नेकपा (माओवादी केन्द्र) र एमालेबीच आज उम्मेदवारीको विषयमा लगभग सहमति जुटेको छ । सहमतिअनुसार सल्यानमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । विना विभागीय मन्त्री समेत रहनु भएका टेकबहादुर बस्नेतलाई एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवार बनाउने सहमति भएको छ ।
एमाले नेता प्रकाश ज्वाला भने प्रदेश सभाको उम्मेदवार बन्नेछन् । यस्तै सहमति हुन नसकेको झापाको एक क्षेत्रमा भने पूर्वसञ्चारमन्त्री राम कार्कीको विषयमा सहमति भएको छ । यसैगरी माओवादी केन्द्रले पनि आजै उम्मेदवारीलाई अन्तिम रुप दिने जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साँझ उहाँकै निवास लाजिम्पाटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आजै उम्मेदवारी टुंगो लाग्ने जानकारी दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै