काठमाडौँ, १३ कात्तिक (रासस) – नेकपा (एमाले) ले मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार आज प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया लगभग सकिएको र मंगलबार प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्नेछ ।
नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ ।
माओवादी केन्द्रले पनि आज उम्मेदवार छनोट प्रक्रिया सुरु गरेपनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन । सो पार्टीले पनि मंगलबार नै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ ।
तर दुई पार्टीकाबीचमा चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन । ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन