काठमाडौँ, १३ कात्तिक (रासस) – नेकपा (एमाले) ले मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार आज प्रदेश नं ७ को उम्मेदवारी छनोट प्रक्रिया लगभग सकिएको र मंगलबार प्रदेश नं ६ बाट उम्मेदवार चयन प्रक्रिया अगाडि बढ्नेछ ।
नेकपा (माओवादी केन्द्र) सँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ ।
माओवादी केन्द्रले पनि आज उम्मेदवार छनोट प्रक्रिया सुरु गरेपनि कुनै ठोस निर्णय भने सार्वजनिक गरेको छैन । सो पार्टीले पनि मंगलबार नै उम्मेदवार छनोट प्रक्रियालाई अन्तिम रुप दिने जनाएको छ ।
तर दुई पार्टीकाबीचमा चितवन क्षेत्र नं २, सल्यान, झापा नं २, सुनसरीको दुई क्षेत्रका विषयमा सहमति हुन सकेको छैन । ती क्षेत्रको विषयमा समेत सहमति जुटाएर उम्मेदवारी छनोट गर्ने र प्रचारप्रसारमा लाग्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा