
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १० कात्तिक (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताउनुभएको छ ।
नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
लोकतन्त्रमा विश्वास गर्ने एक मात्र पार्टी काँग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस बलियो हुनैपर्छ ।’ उहाँले पार्टीलाई विजयी गराउन आजैदेखि वडास्तर पुगेर काम गर्न तरुण युवालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशन दिनुभयो । कम्युनिष्ट पार्टीको गठबन्धनले लोकतन्त्रमाथि चुनौती थपिएको छ भन्दै नेता पौडेलले अधिनायकवादी शासन स्थापना गर्नेविरुद्ध सम्पूर्ण तरुण एक भएर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसविरुद्धको गठबन्धनबाट झस्किनुपर्ने आवश्यकता नभएको बताउनुभयो । कार्यक्रममा काँग्रेस नेता एवं तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङले काँग्रेसविरुद्ध देखिएको चुनौतीलाई अवसरका रुपमा लिई निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने जोड दिनुभयो ।
विसं २०१० कात्तिक १० गते काँग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का हुनुहुन्थ्यो । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।
राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगञ्जमा भएको काँग्रेसको महासमिति भेलामा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले खाँडको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसक्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा