काठमाडौँ, १० कात्तिक (रासस) – आगामी पाँच वर्षभित्र गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यसहित नयाँ शक्ति नेपालले आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुरयाउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुरयाउने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
सो पार्टीले दोहोरो अंकको आर्थिक वृद्धिले मात्रै मुलुकको समग्र राजनीतिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण प्रगति हुने दाबी गर्दै त्यसका लागि कृषि, पर्यटन, ऊर्जा, जडीबुटीमा विशेष लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
नयाँ शक्तिले देशका प्रमुख स्थानलाई केबलकारबाट जोड्ने योजना अगाडि सारेको छ । त्यसमा काठमाडौँदेखि सगरमाथाको आधार शिविरसम्म, दीपायल–खप्तड– रारा, सुर्खेत– जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर– केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारीमा केबलकार निर्माण गरिनेछन् ।
यस्तै मुलुकका सातवटै प्रदेशमा एशियाली मापदण्ड र विशेष पहिचानसहितका सुन्दर प्रादेशिक राजधानीको विकास, हरेक प्रदेशमा अन्तरराष्ट्रियस्तरका विश्वविद्यालय, हरेक प्रदेशमा ५०० श्ययाको ठूला अस्पताल निर्माण गर्नेसमेत नयाँ शक्तिको घोषणापत्रमा समेटिएको छ ।
यस्तै नयाँ शक्तिले प्रदेश नं १ देखि ७ सम्म प्रदेशको विशिष्टताका आधारमा योजनासमेत अगाडि सारेको छ । आधुनिक कृषि प्रणालीको विकास, व्यवस्थित पर्यटन उद्योग, सिँचाइ तथा खानेपानीको सुविधा र वैज्ञानिक भूमिसुधारमार्फत परम्परागत भूस्वामित्वमा परिवर्तन, कृषिमा यान्त्रिकरण, आधुनिकीकरण तथा व्यावसायिक बनाउने लक्ष्यसमेत राखिएको छ ।
वाम–लोकतान्त्रिक चरित्रको राजनीतिक कार्यदिशा नै आफूहरुको मूल राजनीतिक सिद्धान्त रहेको भन्दै नयाँ शक्तिले राजनीतिक आन्दोलनको पूर्णतासँगै आर्थिक विकास र समृद्धिको ढोका खुलेको समेत स्पष्ट पारेको छ ।
आज यहाँ आयोजित घोषणापत्र सार्वजनिक समारोहमा सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आवश्यकताअनुसार नै घोषणापत्र बनाइएको र त्यसलाई कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा भट्टराईले समावेशी तथा समानुपातिक सिद्धान्तलाई व्यवहारमा नै कार्यान्वयन गर्दै अग्रगामी आर्थिक विकासका लागि आफ्नो पार्टी क्रियाशील हुने दाबी गर्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा