काठमाडौँ, १० कात्तिक (रासस) – आगामी पाँच वर्षभित्र गरिबीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यसहित नयाँ शक्ति नेपालले आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुरयाउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुरयाउने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
सो पार्टीले दोहोरो अंकको आर्थिक वृद्धिले मात्रै मुलुकको समग्र राजनीतिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण प्रगति हुने दाबी गर्दै त्यसका लागि कृषि, पर्यटन, ऊर्जा, जडीबुटीमा विशेष लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
नयाँ शक्तिले देशका प्रमुख स्थानलाई केबलकारबाट जोड्ने योजना अगाडि सारेको छ । त्यसमा काठमाडौँदेखि सगरमाथाको आधार शिविरसम्म, दीपायल–खप्तड– रारा, सुर्खेत– जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर– केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारीमा केबलकार निर्माण गरिनेछन् ।
यस्तै मुलुकका सातवटै प्रदेशमा एशियाली मापदण्ड र विशेष पहिचानसहितका सुन्दर प्रादेशिक राजधानीको विकास, हरेक प्रदेशमा अन्तरराष्ट्रियस्तरका विश्वविद्यालय, हरेक प्रदेशमा ५०० श्ययाको ठूला अस्पताल निर्माण गर्नेसमेत नयाँ शक्तिको घोषणापत्रमा समेटिएको छ ।
यस्तै नयाँ शक्तिले प्रदेश नं १ देखि ७ सम्म प्रदेशको विशिष्टताका आधारमा योजनासमेत अगाडि सारेको छ । आधुनिक कृषि प्रणालीको विकास, व्यवस्थित पर्यटन उद्योग, सिँचाइ तथा खानेपानीको सुविधा र वैज्ञानिक भूमिसुधारमार्फत परम्परागत भूस्वामित्वमा परिवर्तन, कृषिमा यान्त्रिकरण, आधुनिकीकरण तथा व्यावसायिक बनाउने लक्ष्यसमेत राखिएको छ ।
वाम–लोकतान्त्रिक चरित्रको राजनीतिक कार्यदिशा नै आफूहरुको मूल राजनीतिक सिद्धान्त रहेको भन्दै नयाँ शक्तिले राजनीतिक आन्दोलनको पूर्णतासँगै आर्थिक विकास र समृद्धिको ढोका खुलेको समेत स्पष्ट पारेको छ ।
आज यहाँ आयोजित घोषणापत्र सार्वजनिक समारोहमा सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आवश्यकताअनुसार नै घोषणापत्र बनाइएको र त्यसलाई कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा भट्टराईले समावेशी तथा समानुपातिक सिद्धान्तलाई व्यवहारमा नै कार्यान्वयन गर्दै अग्रगामी आर्थिक विकासका लागि आफ्नो पार्टी क्रियाशील हुने दाबी गर्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा