काठमाडौँ, ९ कात्तिक (रासस) – नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ ।
काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय समितिको बैठकले उक्त उम्मेदवारी टुंगो लगाएको हो । सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुहुनेछ ।
यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नुहुनेछ ।
यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा