![]()
लन्डन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ स्थित सन्तपुरमा निर्माण भइरहेको एकीकृत नमुना वस्ती निर्माणका लागि यूकेमा रहेको नेपाली भाषा तथा सांस्कृतिक केन्द्र एवं बर्न्टओक नेपाली समाज यूकेको संयुक्त प्रयासमा संकलित २ हजार ३९१ पाउण्ड धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ। हालै नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका प्रतिनिधि राजन फुयाँलले कुन्जना घिमिरे (सुन्तली) लाई काठमाडौंमा सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा चलचित्र निर्देशक दिपेन्द्र के खनाल पनि उपस्थित थिए ।
चेक लिंदै श्रीमती घिमिरेले सबै सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद दिएकी छन् ।
नेपाली भाषा तथा सांस्कृतिक केन्द्र यूके एवं बर्न्टओक नेपाली समाज यूकेले यसअघि बाढी तथा भूकम्प पीडितहरुलाई पनि सहयोग गरेका थिए ।
‘देशबाहिर बसेर पनि नेपालमा धुर्मुस सुन्तली फाउण्डेशनले गर्न लागेको रचनात्मक काममा सघाउन पाउंदा हामीलाई खुसी लागेको छ । हाम्रो सहयोग सदुपयोग हुने हामीले विश्वास लिएका छौं’, नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले भने । उनले सहयोग रकम नेपाल पठाउन सहयोग गर्ने निर्देशक दिपेन्द्र के खनाललाई पनि धन्यवाद दिए ।
त्यस्तै बर्न्टओक नेपाली समाज यूकेका अध्यक्ष रमेश गुरुङले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रसंगको सहकार्यमा नेपालमा पुनित उद्देश्यकालागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यसअघि धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पप्रभावितहरुका लागि सिन्धुपाल्चोकको गिरानचौर र काभ्रेको पहरी तथा महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि नमुना वस्ती निर्माण गरेको थियो ।
नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले बर्न्टओकको वाटलिङ कम्युनिटी सेन्टरमा हरेक शनिबार दुई घन्टा नेपाली बालबालिकाहरुकालागि नेपाली भाषा कक्षा, योग तथा सांस्कृतिक प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]