काठमाडौँ, ९ कात्तिक (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ ।
लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गर्नुभयो । उहाँले यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशिल अवधारणासहित पन्तले पुस्तक लेखेको बताउनुभयो ।
कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माले इतिहासलाई हेर्ने सम्बन्धमा दक्षिणपन्थी वा उग्रबामपन्थी दुवै दृष्टिकोण गलत हुने धारणा राख्नुभयो । कुल ५५८ पृष्ठको सो पुस्तक सो अवधिको महत्वपूर्ण घटनाको समीक्षामा आधारित छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा