राजविराज, ८ कात्तिक (रासस) – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
निर्वाचन तयारीका क्रममा सप्तरी आउनुभएका डा यादवले आज राजविराजमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै चुनाव रोकिने कार्य अब महाअपराध हुने जिकिरसमेत गर्नुभयो ।
उहाँले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रहसमेत गर्नुभयो ।
उहाँले चुनावका बेला पार्टीको झण्डा, चुनाव चिह्न अंकित टिसर्ट, टोपी, गम्छालगायत अन्य सामग्री राजनीतिक दलले बाँड्नसक्ने तर सोही सामग्री गरिब, दुःखी एवं बाढीपीडितलाई ती दलले दिन नसक्ने कार्यप्रति दुःख समेत व्यक्त गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका समयमा कुनै स्थानीय नेताहरुले त्यस्ता सामग्री प्रयोग गरेको भेटिए त्यसको स्पष्टीकरण पार्टीको केन्द्रीय कार्यालयलाई सोधिने बताउनुभयो ।
सरकारी विद्यालयका शिक्षक र सरकारी क्याम्पसका प्राध्यापक उम्मेदवारको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए थुनेर कारबाही गर्न उहाँले स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।
उहाँले दुवै निर्वाचनका लागि एउटै मतपत्र छापिने बताउँदै स्थानीय निर्वाचनमा २ नं प्रदेशका जनताले जसरी उत्साहपूर्वक सहभगिता जनाए झैँ आउँदो निर्वाचनमा पनि सहभागिता जनाउन जनतासमक्ष आग्रह गर्नुभयो ।
सो कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानासहित चारवटै क्षेत्रका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा