
नव नियुक्त मुख्य सचिव लोकदर्शन रेग्मी बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यभार सम्हाल्नुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ८ कात्तिक (रासस) – नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताउनुभएको छ ।
आजदेखि आफ्नो पदको कार्यभार सम्हाल्दै उहाँले भन्नुभयो, ‘मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो ।’
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री हुनुहुन्थ्यो । मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी गृहसचिव हुनुहुन्थ्यो ।
मुख्य सचिवले रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवालाई अझ चुस्त एवं व्यवस्थित बनाउन र यसका सांगठनिक पुनरवलोकन गर्न अध्ययन समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरी सदर गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार हेर्ने सचिवको संयोजकत्वमा सो समिति गठन गरिएको हो । सो समितिलाई आफ्नो काम शुरु गरेको दुई महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको छ । मुख्यसचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव एवं विभिन्न मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा