
प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजले शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ७ कात्तिक (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उहाँले भन्नुभयो ‘स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न शुरु गरिसकेका छन्, यसबाट स्थानीय प्रजातन्त्र सुदृढ र बलिलो हुँदै जान थालेको छ ।’
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास उहाँले व्यक्त गर्नुभएको उहाँका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको डा भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले स्थानीय निकाय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनले उल्लेख्य महिला नेतृत्वको चयन हुने बताउनुभयो ।
सो अवसरमा राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान सहयोगका विविध पक्षमा जानकारी दिनुभएको थियो । एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन विस्तारलगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सो रकम हालसम्मकै उच्च अनुदान रकम हो ।
नेपालले केही वर्षयता हासिल गरेका विकास निर्माण, सुशासन, समावेशिता, बालस्वास्थ्य, खोप, प्राथमिक शिक्षामा पहुँच, प्राकृतिक स्रोत संरक्षणलगायत क्षेत्रमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिका कारण सो अनुदान प्राप्त गरेको हो । प्रधानमन्त्री देउवालाई राजदूत टेप्लिजले नेपालले एमसिसी अनुदान प्राप्त गरेकामा बधाई दिँदै खर्च गर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिनुभएको डा भट्टराईले बताउनुभयो ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न