
गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई निर्वाचन आचारसंहिताबारे जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल । श्रेष्ठ बाम गठबन्धनबाट र भट्टराई काँग्रेस, नयाँ शक्ति र राप्रपाबाट साझा उम्मेदवार हुन । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस
काठमाडौँ, ६ कात्तिक (रासस) – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि परेको मनोनयनको जिल्लागत विवरण यस प्रकार छ –
सि.नं. जिल्ला- प्रतिनिधिसभा- प्रदेश सभा १- प्रदेश सभा २
१. ताप्लेजुङ- ९- ७- ८
२. पाँचथर ११- ९- ९
३. संखुवासभा १२- ९- ९
४. भोजपुर ८ -८- ६
५. सोलुखुम्बु ६ -६- ५
६. खोटाङ १०- ६- ५
७. ओखलढुंगा ९- ७- ६
८. दोलखा १६- १२- १२
९. रामेछाप १४- १०- १२
१०. रसुवा ११- ७- ५
११. धादिङ–१, ८- ८- ६
१२. धादिङ–२, १३- १७- ८
१३. नुवाकोट–१, १३- ७- ९
१४. नुवाकोट–२, ११- ८- ९
१५. सिन्धुपाल्चोक–१, १३- ११- ९
१६. सिन्धुपाल्चोक–२, ९- ६ -१०
१७. गोरखा–१, ८- ४- २
१८. गोरखा–२, १०- ८- ५
१९. मनाङ २- २- ३
२०. लमजुङ १२- ७- ९
२१. मुस्ताङ २- २- ४
२२. म्याग्दी ८- ६- ५
२३. बागलुङ–१, ८- ५- ३
२४. बागलुङ–२, ६- ३- ६
२५. रुकुम (पूर्वी भाग) ७- ५- ३
२६. रोल्पा १०- ८- ६
२७. रुकुम (पश्चिम भाग) ७- ५- ३
२८. डोल्पा ५- ४- ४
२९. मुगु ९ – ८ -६
३०. जुम्ला ७- ७- ४
३१. कालीकोट १०- ८- ७
३२. हुम्ला ९- ६- ५
३३. जाजरकोट ७- ७- ७
३४. बाजुरा ३- ५- ५
३५. बझाङ ९- ८- ५
३६. दार्चुला ५- ५- ५
३७. बैतडी ६- ५- २
जम्मा ३२३- २५६- २२८
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा