काठमाडौँ, ५ कात्तिक (रासस) – प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्धी सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाई गर्नुभएको थियो ।
प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति महारथी क्षत्री यही कात्तिक ९ गते स्वदेश फिर्ता हुनु हुनेछ ।
महानिरीक्षक अर्याल स्वदेश फिर्ता
काठमाडौँ, ५ कात्तिक (रासस) – प्रहरी महानिरीक्षक प्रकाश अर्याल संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।
संयुक्त राज्य अमेरिकाको निमन्त्रणामा उहाँ यही असोज २८ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा महानिरीक्षक अर्यालले अमेरिकाका सुरक्षा निकायसँग आगामी दिनमा कसरी हित अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा