
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा शनिबार शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुहुँदै । तस्बिर सौजन्य–राष्ट्रपतिको कार्यालय, रासस
काठमाडौँ, ४ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो ।
राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसंग आशीर्वाद लिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा शनिबार विहान शुभ साइतमा बहिनी दुर्गादेवी चन्दबाट टीका लगाउनुहुँदै । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ४ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाउनुभयो ।
उहाँले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गर्नुभएको हो । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्नुभयो ।
संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उहाँले आह्वान पनि गर्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा