
प्रज्ञा भवन, कमलादीमा बुधबार प्रज्ञा–सिस्नुपानी देउसी कार्यक्रममा कला प्रस्तुत गर्दै सिस्नुपानीका कलाकारहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ कात्तिक (रासस) – दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा आज प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिनुभयो ।
सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ ले मुलुकलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन