काठमाडौँ, ३० असोज – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको लागि सोमबार मतदान सुरु भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको मतदानमा गैर आवासीय नेपालीले मतदान गरिरहेका छन् । एनआरएनए निर्वाचन समितिले एक हजार ८५४ जना मतदाता रहेको जानकारी दिएको छ । विद्युतीय मतदान भएकाले मतपरिणाम आज राति नै आउने सम्भावना छ ।
एनआरएनएको अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०.३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।
एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । अर्का उम्मेदवार गुरुङले भने आज बिहानमात्रै उम्मेदवारी दर्ता गराउनुभयो ।
वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती रहनुभएकी गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्नुहुन्छ । अध्यक्षका दाबेदार रहनुभएका टिबी कार्कीले भने उम्मेदवारी दर्ता गराउनुभएन ।
उपाध्यक्षमा चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य, सोनम लामा, कुमारप्रसाद पन्त र रविना थापाले उम्मेदवारी दिनुभएको छ । महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, यमकुमार गुरुङ (त्रिलोक), सचिवमा डिबी क्षेत्री, डा देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सह-कोषाध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिनुभएको छ ।
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक-एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन, २०२० एण्ड वियोण्ड’ पारित गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण