
राष्ट्रपति विद्यादेवी भण्डारी गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलनको शनिबार काठमाडौँमा उद्घाटन गर्नुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २८ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताउनुभयो । ‘संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो । नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो ।
नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पुरयाउने बताउँदै राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको विकासमा एनआरएनएको विशेष भूमिका हुने अपेक्षा गरेको सुनाउनुभयो । परराष्ट्रमन्त्री महराले भन्नुभयो,’विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासको ऊर्जा बन्ने विश्वास छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनएको मागअनुसार नेपालमा लगानीको वातावरण बनाउन माग गर्नुभयो ।

काठमाडौँमा शनिबारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, एनआरएनका अध्यक्ष शेष घलेलगायत । तस्बिर – प्रदीपराज वन्त, रासस
एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले देश समृद्ध नभए व्यक्तिगत सफलताको अर्थ नरहने भएकाले आफूहरुले राष्ट्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यही असोज ३१ गतेसम्म चल्ने सम्मेलनमा उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा