काठमाडौँ, २७ असोज (रासस) – नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टीको आज बसेको संघीय सचिवालयको विस्तारित बैठकले वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको हुनाले निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर सहभागी हुने निर्णय गरेको नयाँ शक्ति केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले संविधानको आधारभूत अन्तरवस्तु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अस्वीकार गर्ने राजनीतिक दल, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रबाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बैठकले निर्णय गरेको छ ।
यसअघि नै निर्णय भइसकेका गोरखा क्षेत्र नं २ बाट पार्टी संयोजक डा बाबुराम भट्टराई, कैलाली– ३ बाट कृष्णकुमार चौधरी, कपिलवस्तु– १ बाट दानबहादुर चौधरी, रसुवाबाट प्रेम तामाङ र खोटाङबाट मदन राईले उम्मेदवारी दिने निर्णयलाई यथावत् राखिने विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिकतर्फको बन्दसूची तयार पार्ने र विभिन्न पक्षसँग वार्ता–छलफल गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयलाई दिइएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता