काठमाडौँ, २७ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गर्नुभएको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो । कतिपय सञ्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।
काठमाडौँ, २७ (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा आज पत्र पठाउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । राप्रपाले मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
मन्त्रीहरुको शपथ कार्यक्रम शनिबार हुने भनिए पनि अहिलेसम्म शपथको कार्यक्रम तय नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौँ, २७ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन अध्यक्ष कमल थापाको नेतृत्वमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई सिफारिश गरेको छ ।
पार्टीले राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिश गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरुले शनिबार शपथ लिने कार्यक्रम छ । पार्टीबाट व्यवस्थापिका–संसद्मा १९ सदस्य छन् ।
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य
इरानको आक्रमणबाट दुबईमा एक जना नेपालीको मृत्यु
इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो