काठमाडौँ, २६ असोज (रासस) – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती आउने जनाउँदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
विश्वभरबाट नेपाल आएका काँग्रेस आबद्ध जनसम्पर्क समितिको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्ने क्रममा उहाँले जनताका मौलिक अधिकार संस्थागत गर्ने शासन प्रणाली बहुदलीय लोकतन्त्र मात्र भएको बताउँदै भन्नुभयो, ‘लोकतन्त्रको खोल ओढेर अधिनायकवाद लागू गर्नेविरुद्ध सबै सजग हुनैपर्छ ।’
जनताका अधिकार स्थापना गर्न २००७ सालदेखि नै काँग्रेसले प्रतिबद्धताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले अहिले काँग्रेसमाथि आएको चुनौती लोकतन्त्रमाथिको चुनौती हो, लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध भएर काँग्रेसलाई सहयोग गर्नुस् भन्नुभयो ।
भेलामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संविधान जारी भएसँगै मुलुकमा राजनीतिक प्रणाली स्पष्ट भइसकेका अवस्थामा साम्यवाद लागू गर्ने उद्देश्यका साथ भएको वामपन्थी दलको गठबन्धनले विवाद निम्त्याएको जिकिर गर्नुभयो ।
केही दलबीच भएको एकात्मक साम्यवाद स्थापना गर्ने सहमतिले काँग्रेसलाई झस्काएको उल्लेख गर्दै उहाँले लोकतन्त्रलाई नै चुनौती दिने गरी भएको गठबन्धनप्रति सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।
काँग्रेस नेता डा प्रकाशशरण महतले मुलुकमा लोकतन्त्रको विकल्प छैन भनी काँग्रेसले नै सबै दललाई लोकतान्त्रिक मूलधारमा ल्याएको बताउँदै विश्वमा असफल भइसकेको साम्यवाद स्थापना गर्ने भनेर गरिएको गठबन्धन दुर्भाग्य भएको विचार व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली संघको आसन्न राष्ट्रिय सम्मेलनमा भाग लिन विश्वभरका जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्य राजधानीमा हुनुहुन्छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न