काठमाडौँ, २६ असोज (रासस) – प्रमुख तीन दल संघ र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भनी आएका समाचार निराधार रहको भन्दै कुनै हालतमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको बैठकपछि एमालेका नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
निर्वाचनलाई असर पार्ने गरी निर्वाचन विरोधी कुनै गतिविधि नगर्न सबै दल बैठकमा सहमत भएको समेत उहाँले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचन ऐन एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नुपर्ने प्रस्ताव आफूहरुले राखेको र एमालेले बहुमतीय आधारमा गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिनुभयो ।
राष्ट्रियसभा समानुपातिक र समावेशी संस्था भएकाले जसको बहुमत आयो त्यसको एकलौटी गर्ने संस्था नभएको बैठकमा आफूहरुले राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभामा बहुमत आएको आधारमा सरकारले गरेका गलत काम कारबाही सच्याउने अवसर दिने संस्था राष्ट्रिय भएकाले सबै पार्टीको यसमा सहभागिता आवश्यक छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन जना भोलि पुनः बैठक बसेर राष्ट्रिय सभाको विषयलाई अन्तिमरुप दिने सहमति भएको नेता पौडेलले जानकारी दिनुभयो ।
एमालेका नेता सुवास नेम्बाङले निर्वाचन आचारसंहित विपरीत सरकारबाट माओवादी मन्त्रीलाई हटाउन नमिल्ने कुरा आफूले बैठकमा राखेको जानकारी दिनुभयो ।
जवाफमा प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नहुनेमा आश्वस्त पार्नुभएको नेम्बाङले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा