
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका सम्बन्धमा महासंघको कार्यालय अनामनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी महासंघका पदाधिकारीहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २५ असोज – नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो ।
सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताउनुभयो । ‘घटना भएको ४८ घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो’– कावा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
उहाँले अहिलेसम्म महासंघले सांकेतिकरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै घटनाका दोषीलाई कारबाही नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने बताउनुभयो ।
आन्दोलन मूल संघर्ष समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचन हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने साथै अन्य व्यवसायीको सुरक्षाको मागसमेत गर्नुभयो ।
महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले अध्यक्षको हत्याले सिंगो देशको अर्थतन्त्रको हत्या भएको भन्दै हत्यारालाई चाँडो खोजी गर्न सरकारलाई आग्रह गर्नुभयो ।
थकाली सेवा समाजका अध्यक्ष कृष्णकुमारी शेरचनले महासंघको निर्णयअनुसार समाजले मृतक गौचनको शव बुझ्ने बताउनुभयो । अध्यक्ष शेरचनले मृतक गौचनको थकाली परम्पराअनुसार अन्येष्टि गरिने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना