काठमाडौँ, २५ असोज (रासस) – नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन निकालेको छ ।
अध्यक्ष गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
रयालीमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका माग राखेका छन् ।
महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरिसकेका छन् ।
महासंघका महासचिव रामशरण देउजाले अध्यक्षको हत्यासँगै नाम नखुल्ने नम्बरबाट अन्य व्यवसायीलाई समेत फोन आउन थालेको भन्दै व्यवसायीको सुरक्षाका लागि सरकारसँग आग्रह समेत गर्नुभयो । अध्यक्ष गौचनको हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने महासंघ तथा उहाँका परिवारले बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा