काठमाडौँ, २५ असोज (रासस) – गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को कोषाध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहनुभएका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम जारी रहेकाले त्यसलाई सम्पन्न गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
संस्था आर्थिक रुपमा बलियो नहुँदा धेरै साथी अभियानमा सहभागी हुन नसकेकाले एनआरएनलाई आर्थिक रुपमा सबल बनाउनुपर्ने उहाँको चुनाबी नारा छ ।
यसैगरी एनआरएन युवा संयोजकका लागि शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएन अस्ट्रेलियाको तीन कार्यकाल उपाध्यक्ष भइसक्नुभएका उहाँले उक्त पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । युवाको नेतृत्व विकास गर्नें र विश्वभर छरिएर रहेका नेपाली युवा सीपलाई मातृभूमि नेपालसम्म पुरयाउने आफ्नो चुनाबी नारा रहेको उहाँले बताउनुभयो । देशभित्र र बाहिर रहेका युवाको बृहत् संयुक्त सम्मलेन गरी एकअर्काको अनुभव साटासाट गर्ने तथा स्वदेशमै स्वरोजागर बन्न प्रेरित गर्ने आफ्नो योजना शाहले उल्लेख गर्नुभयो ।
एनआरएनको आठौँ विश्व सम्मेलन यही असोज २८ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा