काठमाडौँ, २५ असोज (रासस) – गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को कोषाध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहनुभएका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गर्नुभएको हो । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम जारी रहेकाले त्यसलाई सम्पन्न गर्न पुनः सोही पदमा उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
संस्था आर्थिक रुपमा बलियो नहुँदा धेरै साथी अभियानमा सहभागी हुन नसकेकाले एनआरएनलाई आर्थिक रुपमा सबल बनाउनुपर्ने उहाँको चुनाबी नारा छ ।
यसैगरी एनआरएन युवा संयोजकका लागि शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएन अस्ट्रेलियाको तीन कार्यकाल उपाध्यक्ष भइसक्नुभएका उहाँले उक्त पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । युवाको नेतृत्व विकास गर्नें र विश्वभर छरिएर रहेका नेपाली युवा सीपलाई मातृभूमि नेपालसम्म पुरयाउने आफ्नो चुनाबी नारा रहेको उहाँले बताउनुभयो । देशभित्र र बाहिर रहेका युवाको बृहत् संयुक्त सम्मलेन गरी एकअर्काको अनुभव साटासाट गर्ने तथा स्वदेशमै स्वरोजागर बन्न प्रेरित गर्ने आफ्नो योजना शाहले उल्लेख गर्नुभयो ।
एनआरएनको आठौँ विश्व सम्मेलन यही असोज २८ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक