लन्डन । यतिखेर विजयादशमी शुभकामना सांझका लागि बेलायत टुरमा रहेका संगीतकार कालिप्रसाद बास्कोटा र गायक हेमन्त रानाले आइतबार लन्डनवासी नेपालीलाई भरपुर नचाए । साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा आयोजित कार्यक्रममा बास्कोटा र राना दर्शकको ‘वान्स मोर’ सामना गर्न वाध्य भए ।
मोडल सुष्मा कार्की नृत्यांगनाका रुपमा स्टेजमा उत्रिइन् । नेपालबाट गत साता बेलायत आएका यी तीन कलाकारको दोश्रो शो थियो हयारो ।
गायक हेमन्तले आफूलाई गायक भनेर चिनाउन र अन्तर्राष्ट्रिय शोहरुमा पुरयाउन सघाउने लैजारे…गीतदेखि सुन साईंली… लगायत नयां कयौं गीत गाए । रानाले गोपाल योन्जनको ‘बनेको छ पहराले यो छाती मेरो…’ मर्मस्पर्शी गीत पनि गाए ।
नेपाल आइडलका निर्णायक समेत रहेका संगीतकार बास्कोटाले लैजाउ घुमाउन मलाई ठमेल बजार…, जहिले रिसाउने निरा…, पारी त्यो डांडामा हेर… आदि गीत गाए । बास्कोटालाई स्थानीय गायिका शर्मिला बर्देवाले गाएर साथ दिएकी थिइन् ।
दर्शकले काली र हेमन्त रानालाई ‘वान्स मोर’ भन्दै पटक पटक गाउन लगाएका थिए । उनीहरुले पनि आफूहरुलाई माया प्रदान गरेकामा दर्शकसमक्ष आभार व्यक्त गरे । कार्यक्रममा स्थानीय गायक आशिष राजले पनि गाएका थिए ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले ‘विजया दशमी शुभकामना सांझ’ आयोजना गरेको हो । कार्यक्रममा दर्शक भीड उल्लेख्य थियो ।
कार्यक्रममा आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपका बीरेन खड्का, अनिल मल्ल, दिपक खड्का, अनिल आचार्य, शशी गुरुङ लगायत सक्रिय थिए । कार्यक्रमका प्रमुख अतिथी सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ र यती नेपलिज एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले नेपालबाट आएका कलाकार र बर्देवालाई खादाले सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन निया देवानले गरेकी थिइन् ।
ति कलाकारहरुको पहिलो शो गत शुक्रबार अल्डरटस्थित एम्पायर हलमा भव्य भएको थियो । विजयादशमी शुभकामना सांझ आगामी २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने भएको छ ।
तस्विरः दिनेश परियार
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग