लन्डन । यतिखेर विजयादशमी शुभकामना सांझका लागि बेलायत टुरमा रहेका संगीतकार कालिप्रसाद बास्कोटा र गायक हेमन्त रानाले आइतबार लन्डनवासी नेपालीलाई भरपुर नचाए । साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा आयोजित कार्यक्रममा बास्कोटा र राना दर्शकको ‘वान्स मोर’ सामना गर्न वाध्य भए ।
मोडल सुष्मा कार्की नृत्यांगनाका रुपमा स्टेजमा उत्रिइन् । नेपालबाट गत साता बेलायत आएका यी तीन कलाकारको दोश्रो शो थियो हयारो ।
गायक हेमन्तले आफूलाई गायक भनेर चिनाउन र अन्तर्राष्ट्रिय शोहरुमा पुरयाउन सघाउने लैजारे…गीतदेखि सुन साईंली… लगायत नयां कयौं गीत गाए । रानाले गोपाल योन्जनको ‘बनेको छ पहराले यो छाती मेरो…’ मर्मस्पर्शी गीत पनि गाए ।
नेपाल आइडलका निर्णायक समेत रहेका संगीतकार बास्कोटाले लैजाउ घुमाउन मलाई ठमेल बजार…, जहिले रिसाउने निरा…, पारी त्यो डांडामा हेर… आदि गीत गाए । बास्कोटालाई स्थानीय गायिका शर्मिला बर्देवाले गाएर साथ दिएकी थिइन् ।
दर्शकले काली र हेमन्त रानालाई ‘वान्स मोर’ भन्दै पटक पटक गाउन लगाएका थिए । उनीहरुले पनि आफूहरुलाई माया प्रदान गरेकामा दर्शकसमक्ष आभार व्यक्त गरे । कार्यक्रममा स्थानीय गायक आशिष राजले पनि गाएका थिए ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले ‘विजया दशमी शुभकामना सांझ’ आयोजना गरेको हो । कार्यक्रममा दर्शक भीड उल्लेख्य थियो ।
कार्यक्रममा आयोजकहरु सिद्धार्थ विक्रम क्षेत्री एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपका बीरेन खड्का, अनिल मल्ल, दिपक खड्का, अनिल आचार्य, शशी गुरुङ लगायत सक्रिय थिए । कार्यक्रमका प्रमुख अतिथी सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ र यती नेपलिज एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले नेपालबाट आएका कलाकार र बर्देवालाई खादाले सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन निया देवानले गरेकी थिइन् ।
ति कलाकारहरुको पहिलो शो गत शुक्रबार अल्डरटस्थित एम्पायर हलमा भव्य भएको थियो । विजयादशमी शुभकामना सांझ आगामी २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरका दिन गेटवे हाउस उलवीच लन्डनमा हुने भएको छ ।
तस्विरः दिनेश परियार
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता