
लन्डन । लन्डनमा शुक्रबार बिहान ८.२० बजे व्यस्त कार्यालय समयमा एउटा ट्रेनमा विष्फोटन भएको छ । डिष्ट्रिक्ट लाइन ट्रेनमा विष्फोट हुंदा कम्तीमा २२ जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । साउथ वेष्ट लन्डनको पार्सन ग्रीनमा विष्फोट भएको बेलायती अखवारहरुले जनाएका छन् ।
विष्फोटबाट यात्रुको अनुहार जलेको र श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ । घट्नास्थलमा कम्तीमा ५० वटा अग्नी नियन्त्रक गाडी पुगेका छन् । प्रति-आतंकवाद प्रहरीले घट्नालाई ‘आतंकवादी’ का रुपमा अनुसन्धान थालेको छ ।
ट्रेनको एउटा क्यारिजमा सेतो बकेटभित्र सेतो पोको विस्फोट भएको थियो । विष्फोटपछि यात्रुहरु अत्तालिएका थिए र वातावरण त्रसित र चिच्याहटमा परिणत भएको थियो । अहिले डिष्ट्रिक्ट लाइन सर्भिस बन्द भएको छ ।
घट्नास्थल वरपर प्रहरीका हेलिकोप्टर उडेका छन् भने कयौं एम्बुलेन्स पुगेका छन् । सशस्त्र प्रहरीले क्षेत्र घेरा हालेको छ ।
पछिल्लो केही महिना यता बेलायत आतंकवादी आक्रमणको निसानामा छ । यहां वेष्ट मिनिष्टर, म्यानचेस्टर, लन्डनब्रीज जस्ता ठाउंमा पटक पटक आक्रमण भएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता