
लन्डन । लन्डनमा शुक्रबार बिहान ८.२० बजे व्यस्त कार्यालय समयमा एउटा ट्रेनमा विष्फोटन भएको छ । डिष्ट्रिक्ट लाइन ट्रेनमा विष्फोट हुंदा कम्तीमा २२ जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । साउथ वेष्ट लन्डनको पार्सन ग्रीनमा विष्फोट भएको बेलायती अखवारहरुले जनाएका छन् ।
विष्फोटबाट यात्रुको अनुहार जलेको र श्वासप्रश्वासमा समस्या आएको जनाइएको छ । घट्नास्थलमा कम्तीमा ५० वटा अग्नी नियन्त्रक गाडी पुगेका छन् । प्रति-आतंकवाद प्रहरीले घट्नालाई ‘आतंकवादी’ का रुपमा अनुसन्धान थालेको छ ।
ट्रेनको एउटा क्यारिजमा सेतो बकेटभित्र सेतो पोको विस्फोट भएको थियो । विष्फोटपछि यात्रुहरु अत्तालिएका थिए र वातावरण त्रसित र चिच्याहटमा परिणत भएको थियो । अहिले डिष्ट्रिक्ट लाइन सर्भिस बन्द भएको छ ।
घट्नास्थल वरपर प्रहरीका हेलिकोप्टर उडेका छन् भने कयौं एम्बुलेन्स पुगेका छन् । सशस्त्र प्रहरीले क्षेत्र घेरा हालेको छ ।
पछिल्लो केही महिना यता बेलायत आतंकवादी आक्रमणको निसानामा छ । यहां वेष्ट मिनिष्टर, म्यानचेस्टर, लन्डनब्रीज जस्ता ठाउंमा पटक पटक आक्रमण भएका छन् ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र