लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नयां नेतृत्व चुन्न शनिबार गरिएको निर्वाचन सकिएको छ । बिहान ८ बजेदेखि शुरु मतदान कार्यक्रम सांझ ८ बजे शान्तिपूर्ण रुपमा सकिएको हो । लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार ठाउंमा राखिएका मतदान केन्द्रहरुमार्फत ७८.४ प्रतिशत मतदाताले उत्साहजनक रुपमा मतदान गरेका छन् ।
निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको छ ।
अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता लिस्टमा थिए ।
सिम्खडाले निर्वाचन गराउने चुनौतिपूर्ण कामलाई एक तहसम्म ल्याउन सफल भएको बताए ।
मतगणना मतपेटिका आइसकेपछि सम्भवतः मध्यरातदेखि शुरु गरिनेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित