युकेमा बसोबास गर्ने नेपालीहरुका लागि आज शनिबारको दिन विशेष छ । यहाँका संघसंस्थामध्ये धेरै नेपालीहरुले साझा संस्था मान्ने गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । विभिन्न २५ पदका लागि ५३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । यसैगरी युकेबाट एनआरएनको अन्तर्राष्ट्रिय समितिमा प्रतिनिधित्व गर्ने तीन प्रतिनिधिको पनि चयन हुँदैछ । विभिन्न चार स्थानमा हुने मतदान र पोस्टल भोट गरी ३ हजार ६७६ मतदाताले मतदानमा भाग लिँदैछन् ।
एनआरएनभित्र युकेको स्थान आफैँमा ऐतिहासिक छ किनकि एनआरएन अभियानको श्रीगणेश युकेबाटै भएको हो । युरोपमा सबैभन्दा बढी नेपालीको बसोबास भएको देश पनि यही नै हो । यतिमात्र होइन खाडी मुलुकबाहेक सबैभन्दा धेरै नेपाली बसोबास गर्नेमध्ये एक देश पनि हो यो । त्यसैले गैरआवासीय नेपालीको अभियानमा युकेको महत्वपूर्ण स्थान र भूमिका रहने गरेको छ ।
युकेका नेपालीमा विविधता छ । उमेरका हिसाबले यहाँ धेरै वयोवृद्ध सेवानिवृत्त गोरखाहरु छन् । युवाहरु छन् । विद्यार्थीहरु छन् । पेशाकर्मीहरु छन् । विद्वानहरु छन् । गोरखा सैनिकहरु छन् । साँस्कृतिक रुपले न घर न घाटका भएका नवपुस्ता छन् । र हरेक दिन नयाँ पुस्ताको जन्म भइरहेको छ । जातिय बनौटका हिसाबले विविधता छ । भेगीय हिसाबले युके आफैँमा चार प्रान्तमा विभाजित छ र ती सबै प्रान्तमा नेपालीहरुको आवादी छ । यी सबैलाई नेतृत्व दिनसक्ने नेतृत्व आज चुन्नु परेको छ ।
समस्या पनि विविध छन् । कसैको नेपाली नागरिकताको निरन्तरता, कसैको युकेको स्टाटसको समस्या, मर्दापर्दाको चाहिने सहयोगको समस्या, भाषा,सँस्कृतिको बिर्सने समस्या, नेपालमा लगानी लैजाने समस्या आदि आदि । यी सबैलाई सम्बन्धित निकाय र पक्षसित प्रष्टरुपमा आवाज उठाउन सक्ने, एनआरएनको विश्वव्यापी सञ्जालमार्फत युकेका मुद्दा उठाउन नेतृत्व आज छान्न परेको छ ।
यति धेरै अपेक्षाका बीच एनआरएनको नेतृत्व भनेको समाजसेवा हो । भन्नुको मतलब उम्मेदवारहरुले के साँच्चिकै यहाँ बस्ने नेपालीहरुको समस्या र आवाजका लागि समय दिन सक्छन् ? चुनावका बेला विभिन्न प्रतिवद्धता गर्ने नेपाली चलन नयाँ होइन । अतः आज मत खसाउन अघि हरेक मतदाताले खुला दिमागले सोच्नुहोस् कुन उम्मेदवारमाथि तपाईलाई विश्वास लाग्छ कि उसले समाजलाई राम्रो गर्न सक्छ । समाजमा विभाजन होइन एकता गर्न सक्छ । व्यक्तिगत स्वार्थलाई होइन कि सामूहिक हित रोज्छ । त्यस्ता उम्मेदवारलाई आफ्नो अमूल्य मत दिनुहोस् । निर्णय तपाईको हातमा ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित