लण्डन, २२ भदौ । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ ।
बुबा विलियमले हातले डोरयाएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लैजानु भएको थियो । प्रारम्भिक तहको सो विद्यालय दक्षिणपश्चिमी लण्डनमा छ ।
राजकुमार जर्जकी आमा राजकुमारी क्याथेरिन भने उहाँलाई विद्यालय पुरयाउने बेलामा सँगै जान सक्नुभएन । राजकुमारी क्याथेरिन तेस्रो बच्चा जन्माउनका लागि गर्भवती भएकाले केही दिनदेखि आराम गरिरहनु भएको केन्सीङटन दरबारले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले राजकुमार जर्ज विद्यालय समय भरी विद्यालयको पोशाकमै रहने जनाएका छन् । विद्यालय पोशाकको रुपमा उहाँले गाढा निलो सर्ट र ज्याकेट, रातो लामो मोजा र कालो जुत्ता लगाउनुहुने भएको छ ।
उहाँले पढ्ने कक्षाकोठमा उहाँसँगै अरु २० जना छात्रहरु पनि रहने भएका छन् । उहाँको डेस्क लगायतका सामान उहाँकै नाममा हुनेछ ।
विद्यालयका प्राधानाध्यापक बेन थोमसले राजदरबारका परिवारलाई विद्यालयमा कुनै खास र छुट्टै सेवा सुविधा र व्यवहार नहुने स्पष्ट पार्नुभयो । तर अन्य छात्रहरूलाई झै उहाँलाई पनि शैक्षिक क्रियाकलापमा अत्यधिक सहभागीताका लागि धेरै योजना भने बनाइएको उहाँले बताउनुभयो ।
राजकुमार जर्ज जब विद्यालयमा प्रवेश गर्नुहुन्छ, एक जना फोटोग्राफर र एक जना क्यामेराम्यानले मात्रै फोटो र भिडियो खिचेका थिए ।
राजकुमार विलियमले आफ्नो छोराको गोपनीयताको ख्याल गरिदिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको छ ।
झण्डै तीन दशक अगाडी राजकुमार विलियम पहिलो पटक विद्यालय जाँदा धेरै सञ्चार माध्यमहरूले त्यो क्षणको फोटो तथा भिडियो खिचेका थिए ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन