लन्डन । एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं एनआरएनए आइसीसी सदस्य योगेन्द्रबहादुर क्षेत्रीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुमाथि सामाजिक सञ्जालमा असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ बेलायतको गम्भीर ध्यानाकर्षण भएको छ ।
शाखाले बुधबार सांझ एक विज्ञप्ति प्रकाशित गरि कुनै पनि समाचारमा चित्त नबुझे सम्वन्धित प्रकाशन गृहसित आफ्ना कुरा राख्ने तरिका र प्रक्रिया हुने र त्यस्तो प्रयासबाट चित्त नबुझे अपनाउने अरु उपाय हुंदा हुंदै समाजका जिम्मेवार व्यक्तिले सिंगो पत्रकारिता पेशा र समस्त पत्रकारहरुप्रति नै निकृष्ट शब्दमा टिकाटिप्पणी गर्नु र परिवारसमेतलाई धम्क्याउनु निन्दनीय कार्य भनेको छ । शाखा अध्यक्ष नरेश खपांगीमगरले जारी गरेको विज्ञप्तिमा क्षेत्रीको उक्त कार्यको भत्र्सना समेत गरिएको छ ।
‘पत्रकारिता पेशालाई व्यवसायिक र मर्यादित बनाउन महासंघ दृढ छ र यूकेस्थित नेपाली समाजका सबै तप्काबाट यस उद्देश्यलाई सघाउ पुग्ने व्यवहारको अपेक्षा राख्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै एनआरएनए यूकेको निर्वाचन सन्निकटमा आइरहेको सन्दर्भमा सबै सहकर्मी पत्रकारहरुलाई पेशागत धर्म नबिर्सी कार्यसम्पादन गर्न पनि महासंघ आग्रह गर्दछ ।’
क्षेत्रीले हालै वीनेपालीडटकममा प्रकाशित एनआरएनए यूकेको निर्वाचन सम्वन्धि समाचारलाई लिएर उक्त वेवसाइटमा आवद्ध र अन्य समस्त पत्रकारहरुको मानमर्दन हुने आक्षेप लगाएका थिए ।
क्षेत्रीले सामाजिक सञ्जालमा रक्सी बियर र घुसमा बिक्ने भाते पत्रकारहरु भन्दै उनीहरुलाई भाते अवार्ड दिइनुपर्ने जस्ता निकृष्ट, अमर्यादित, अशोभनीय र असभ्य भाषा प्रयोग गरेका थिए । क्षेत्रीको उक्त रवैयाप्रति बेलायतको नेपाली समुदाय आश्चर्यचकित छ ।
शाखाको विज्ञप्ति
क्षेत्रीले प्रयोग गरेको अशिष्ट भाषा तल:
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता