लन्डन । बेलायतको स्कटल्याण्ड राज्य अन्तर्गत ग्लास्गोमा २१ देखि २७ अगष्टसम्म ब्याडमिन्टन विश्व च्याम्पियनसिप ०१७ आयोजना गरियो । ब्याडमिन्टन वल्ड फेडेरेससनले उक्त प्रतियोगिता गरेको हो ।
उक्त च्याम्पियनसीपमा नेपाली खेलाडी त सहभागी हुन पाएनन् तर लाइन जज (निर्णायक) भने नेपाली थिए जो आकर्षणको केन्द्रमा रहे । नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य र काठमाण्डौं ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा एसियाबाट आएका तीन लाइन जजमध्ये एक थिए । विश्वका ४० देशका खेलाडी सहभागी उक्त च्याम्पियनसीपमा नेपाली खेलाडी नपरेपनि अफिसियलका रुपमा भने नेपाल देशलाई चिनाएको थापाले बताए । ‘देशको नाम चिनाउनुका अलवा खेल व्यवस्थापन र इभेन्ट आयोजनाबारे धेरै नयां अनुभव ग्रहण गरेको छु’, थापाले लन्डन फर्किएर भने, ‘यहां सिकेको ज्ञान र अनुभव नेपालमा लगेर कार्यान्वयन गर्न पहल गर्नेछु ।’
रियो ओलम्पिक ०१६ मा सहभागी हुने पहिलो नेपाली निर्णायक थिए थापा । नेपालले ब्याडमिन्टन खेलमा दक्षिण एसियामा तेश्रो स्थान ओगटेको बताउंदै थापाले यस खेलमा प्रगति गरिरहेको जनाए । ‘हाम्रो खेल अवस्था सुधारोन्मुख छ, राज्यबाट उचित वातावरण र हौसला भए भविष्यमा नेपालले पनि विश्व च्याम्पियनसीपमा सहभागिता जनाउन सक्ने सम्भावना नभएको होइन्’, उनले भने ।
सन् १९७७ मा स्वीडेनको माल्मोमा पहिलो ब्याडमिन्टन विश्व च्याम्पियनसीप आयोजना गरिएको थियो । सन् १९८३ सम्म उक्त प्रतियोगिता प्रत्येक तीन वर्षमा गर्न थालियो भने त्यसपछि सन् २००३ सम्म प्रत्येक दुई वर्षमा । सन् २००५ देखि यस प्रतियोगिता वर्षेनी हुन थालेको छ ।
यसैबीच, थापाको सम्मानमा लन्डन साउथ हयारोस्थित माया पबमा बिहीबार एक कार्यक्रम गरिने भएको छ । पबका सञ्चालक सिद्धार्थ विक्रम क्षेत्रीले खेलाडी र अफिसियलको हौसलाका लागि सम्मान गर्न लागिएको बताए । यसअघि पांच पटकका राष्ट्रिय च्याम्पियन म्याराथन धावक भूमिराज राई र अफिसियलको पनि क्षेत्री लगायत समूहले सम्मान गरेको थियो । इकान्तिपुर
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता