
लन्डन । पूर्व मिस नेपाल एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा दोश्रो पटक बेलायत आएकी छन् । तर, यसपटक अलिक भिन्न जिम्मेवारी लिएर । ७ वर्षअघि निजी भ्रमणमा आउंदा जति रमाइलो थियो, यसपाली दायित्व बढि छ । आगामी १० सेप्टेम्बरमा हुन लागेको मिस यूके नेपालका प्रतिष्पर्धीहरुलाई प्रशिक्षण दिन उनी लन्डन उत्रिएकी हुन् । अल्डरसटमा हुने अन्तिम प्रतिष्पर्धाका लागि ८ सुन्दरी मैदानमा छन् । इभेन्टस एण्ड आइडियाजले मिस यूके नेपाल प्रतियोगिता ०१७ गर्न लागेको हो ।
मिस नेपाल यूएस, मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलिया र मिस हङ्गकङ्ग नेपालपछि चौंथो देशका रुपमा बेलायत आएकी माल्भिका यसपटक बढि उत्साहित छन् ।
‘आफूले सिकेको कुरा प्रतिष्पर्धीलाई सिकाउने नै मुख्य उद्देश्य छ’, माल्भिकाले भनिन्, ‘वौद्धिक स्तर बढाउने, व्यक्तित्व विकास र उहांहरुले समाजमा कसरी दायित्व पुरा गर्न सक्नुहुन्छ भन्नेतर्फ ध्यान दिन्छु ।’
करिब डेढ लाख नेपाली बसोवास गर्ने बेलायतको नेपाली डायस्पोरा ‘भाइब्रेन्ट’ छ । त्यसकारण विजेतालाई गहन दायित्व हुने माल्भिकाको बुझाइ छ ।
प्रतियोगितामा राम्री देखिनु नदेखिनु भन्दा पनि यस्ता प्रतियोगिताले समाजसेवामा जान प्रेरित गर्ने माल्भिका बताउंछिन् । ब्युटी पेजेन्टले विदेशको नयां पुस्ता समुदायसंग टाढिइरहेका बेला समुदायसंग नजिक बनाउने र नेपाललाई पनि केही गर्ने अवसर प्रदान गर्ने सुब्बाको बुझाइ छ ।
१२ सेप्टेम्बर नेपाल फर्कनुअघि समयले साथ दिए लन्डनतिर घुम्ने योजनामा छन् उनी ।
तस्विरः शिव भण्डारी
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]