लन्डन । तमुधिं यूकेले नेपालका बाढी पीडितलाई १० लाख रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ ।
बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था मानिने तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो ।
आइतबार करिब दश हजार सहभागी ९ औं नेपाली मेलामा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, राजदूत दुर्गाबहादुर सुवेदी लगायतले घलेलाई दश लाख रुपैयांको चेक प्रदान गरे । तमुधिं यूकेले मेला र अन्य माध्यमबाट चन्दा संकलन गरेको हो ।
आर्थिक सहयोग लिएपछि अध्यक्ष घलेले आभार व्यक्त गर्दै एनआरएनएको आपतकालिन राहतकोषमार्फत रकम पीडितसमक्ष पुरयाइने बताए । घलेले विश्वभरबाट बाढी पीडितका लागि प्राप्त सहयोग मध्ये तमुधिं यूकेको सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिए ।
गृह मन्त्रालयको सुझाव र समन्वयमा बाढीले सबैभन्दा प्रभावित र विपन्न जिल्ला सप्तरीमा गएर चार हजार पांचसय परिवारलाई राहत वितरण गरिसकेको घलले जनाए ।
चार वर्षको अवधिमा भूकम्प, नाकाबन्दी र बाढीपहिरो गरि तीनवटा विपतमा संघले नेपाल सरकारसंग नजिक रहेर काम गरेको स्मरण पनि उनले गरे ।
तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा आतिथ्य ग्रहण गर्न श्रीमति जमुनाका साथ बेलायत आएका घले दम्पत्तिको स्वागतका लागि तमुधिं यूके र एनआरएनए यूकेले सोमबार बेग्ला बेग्लै कार्यक्रम राखेका छन् ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]