लन्डन । तमुधिं यूकेले नेपालका बाढी पीडितलाई १० लाख रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ ।
बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था मानिने तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो ।
आइतबार करिब दश हजार सहभागी ९ औं नेपाली मेलामा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, राजदूत दुर्गाबहादुर सुवेदी लगायतले घलेलाई दश लाख रुपैयांको चेक प्रदान गरे । तमुधिं यूकेले मेला र अन्य माध्यमबाट चन्दा संकलन गरेको हो ।
आर्थिक सहयोग लिएपछि अध्यक्ष घलेले आभार व्यक्त गर्दै एनआरएनएको आपतकालिन राहतकोषमार्फत रकम पीडितसमक्ष पुरयाइने बताए । घलेले विश्वभरबाट बाढी पीडितका लागि प्राप्त सहयोग मध्ये तमुधिं यूकेको सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिए ।
गृह मन्त्रालयको सुझाव र समन्वयमा बाढीले सबैभन्दा प्रभावित र विपन्न जिल्ला सप्तरीमा गएर चार हजार पांचसय परिवारलाई राहत वितरण गरिसकेको घलले जनाए ।
चार वर्षको अवधिमा भूकम्प, नाकाबन्दी र बाढीपहिरो गरि तीनवटा विपतमा संघले नेपाल सरकारसंग नजिक रहेर काम गरेको स्मरण पनि उनले गरे ।
तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा आतिथ्य ग्रहण गर्न श्रीमति जमुनाका साथ बेलायत आएका घले दम्पत्तिको स्वागतका लागि तमुधिं यूके र एनआरएनए यूकेले सोमबार बेग्ला बेग्लै कार्यक्रम राखेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने