ओएनएफ यूके सबैले चिन्ने संगठन बन्छ- अध्यक्ष पुडासैनी (भिडियो अन्तर्वार्ता)

तस्वीर शिव भन्डारी

लन्डन । प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले आफ्नो संगठन प्रवासमा रहेका नेपालीहरुबीच आपसी सहयोग, सद्भाव विकास गर्न र मुलकमा नेपालको सामाजिक परिवर्तनका निम्ति राजनीतिक फोरम ‘क्रिएट’ गर्न लागिरहेको बताएका छन् । अध्यक्षको जिम्मेवारी सम्हालेपछि पुडासैनीले संगठनलाई परम्परागत ढंगबाट होइन, नयां प्रभावकारी र कुशलतापूर्वक लैजाने बताए ।

ओएनएफमा गुट-उपगुट भएको उनले स्वीकारेनन् । ‘त्यस्तो केही छैन् । हामीले भर्खरै बैठक गरेर केही जिम्मेवारी समेत बांडफांड गरेका छांै । केही साथीहरुलाई युरोपमा समेत प्रतिनिधि बनाउने निर्णय गरेका छौं । हामीमा एकता छ’, उनले भने ।

उनले एनआरएनए यूके अहिले उल्टो चक्कर (१५-२० जनाको वरिपरि) घुमिरहेको बताउंदै उक्त संस्था सबै नेपालीको वरिपरि घुम्ने बनाउन प्रवासी नेपाली मञ्चले सशक्त भूमिका खेल्ने पनि बताए ।

वीनेपालीका श्याम लुईंटेलसंग पुडासैनीको कुराकानी संक्षेपमा: 

प्रतिक्रिया

सम्बन्धित सामाग्री