लन्डन । एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुने निर्वाचनमा संघका सचिव फडिन्द्र भट्टराईले महासचिवको उम्मेदवारी दिने घोषणा गरेका छन् । आधिकारिक मनोनयन दर्ता गर्ने समय आउन तीन दिन बांकी रहंदा भट्टराईले हरितालिका (तीज) कै दिन उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा साउथ इष्ट लन्डन क्षेत्रका सामाजिक अगुवाहरुलाई साक्षी राखेर भट्टराईले उम्मेदवारी दिने घोषणा गरे । ‘सामाजिक अगुवाहरुसंग निरन्तर परामर्श, मेरो आत्मविश्वास, अनुभव, समाजको विश्वास र साथले मलाई उम्मेदवारी दिन प्रेरित गरेको हो’, भट्टराईले भने, ‘भावी कार्यसमितिको कार्यदिशालाई कार्यान्वयन गर्न मेरो गहन भूमिका रहनेछ ।’
साउथ इष्ट क्षेत्रबाटै अर्जुन कटुवालले महासचिवको उम्मेदवारी दिने घोषणाबीच भट्टराईले उम्मेदवारी दिने मनस्थिति बनाएका हुन् । ‘हामी निरन्तर सम्पर्क र परामर्शमा छौं, समानान्तर पदमा लड्दैनौं । मिलेर जान्छौं’, उनले भने । श्रोतका अनुसार, कटुवालले सहयोग गर्ने अपेक्षामा भट्टराई महासचिवमा लड्ने निष्कर्षमा पुगेका हुन् । घोषणासभामा कटुवाल पनि संगै थिए ।
दुई दशकदेखि बेलायत रहेका गुल्मी जिल्ला समाज यूकेका वर्तमान उपाध्यक्ष भट्टराई पत्रकारिता, साहित्य र समाजसेवामा उत्तिकै सक्रिय छन् । एनआरएनए यूकेमा सदस्य र सचिवको जिम्मेवारी वहन गरिसकेका उनले संघमा सामाजिक संरचनालाई जोडेर समावेशी रुपमा लैजान चुनौति रहेको बताए । ‘क्षेत्रीय प्रतिनिधित्वको चुनौति पनि छ’, भट्टराईले घोषणासभामा भने, ‘सबै चुनौति सामना गर्न म तयार छु ।’
हयारी गुरुङले सञ्चालन गरेको घोषणासभामा एनआरएनए यूके उपाध्यक्ष दासु पाण्डे, कोषाध्यक्ष दीपक श्रेष्ठ, सहकोषाध्यक्ष ललित न्यौपाने, युवा संयोजक हरि आचार्य, डार्टफोर्ड नेपलिज कम्युनिटीका अध्यक्ष दीपक थापा, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ, चाल्टन नेपाली समाजका अध्यक्ष टंक कंडेल, व्यवसायी तथा समाजसेवीहरु कर्ण शाही र नरेन्द्र कंडेल, विनोद ज्ञवाली, बालजंग अर्याल, अर्जुन कटुवाल, कृष्ण गैरे, कुश बस्नेत, अर्जुन गौतम, रोमनाथ पाण्डे, जिबन सेन, अर्कराज तिमिल्सिना, शिव भण्डारी लगायतले भट्टराईलाई अग्रिम शुभकामना दिएका थिए ।
वक्ताहरुले संस्थालाई गति दिन महासचिव पद महत्वपूर्ण रहने र भट्टराईमा त्यसको नेतृत्व गर्न सक्ने खुबी भएको चर्चा गरेका थिए ।
तस्विरः शिव भण्डारी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा