लन्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटीको ७ औं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नेपाली र स्थानीय समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्नका लागि आगामी ०८ अक्टोबरमा गरिने १० किलोमिटर रन र २ किलोमिटर फन रन, लागू औषध एवं मादक पदार्थ दुव्र्यसन शिक्षा विषयक कार्यक्रम, भेट्रान गतिविधि, स्थानीय काउन्सिल र प्रहरीसंगको त्रैमासिक बैठक, नेपाली नयां वर्ष, भिक्टोरिया डे, नारी दिवसका अवसरमा गरिने कार्यक्रम, कम्युनिटी भवन, नेपाली कक्षा सञ्चालन, ट्रष्टी लगायत विषयमा महत्वपूर्ण निर्णय गर्दै सल्लाहकारको समेत टुंगो लगाएको छ ।
बैठकले सम्पूर्ण सल्लाहकारहरुलाई आगामी ३१ अगष्ट २०१७ सांझ १८.३० बजे रसमोर बरो काउन्सिलको चेम्बर हलमा स्वागत गर्ने तय गरेको छ ।
कम्युनिटी भवन र नेपाली कक्षा सञ्चालनार्थ निवर्तमान अध्यक्ष ओम थापालाई संयोजक तोकिएको छ भने उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, क्याप्टेन राजु गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु र हर्क गुरुङलाई चुनिएको छ ।
अनौपचारिक रुपमा पटक पटक पदाधिकारी बैठक बसी पूर्व तयारी गरिएकाले बैठक अत्यन्तै सौहाद्र र सफल भएको वरिष्ठ उपाध्यक्ष एवं भेट्रान फण्ड तथा नेपाली नयां वर्ष कार्यक्रमका संयोजक राम धन राईले बताए ।
संस्थाका सबैजसो सदस्यहरु सहभागी उक्त बैठकमा नयां मनोनित सांस्कृतिक सचिव दिनेश गुरुङ, सदस्य जुमकाजी गुरुङ, ध्रुव राई, जगन गुरुङ र हर्क गुरुङलाई अध्यक्ष जीव बेल्बासे र निवर्तमान अध्यक्ष ओम थापाले खादा लगाई स्वागत गरेका थिए ।
बैठक सञ्चालन महासचिव मान गुरुङ तथा सचिव युवन गुरुङले सम्पूर्ण प्रस्ताव र निर्णय लिपीवद्ध गरेका थिए ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ