काठमाडौँ, १७ साउन । काठमाडौँ उपत्यकामा आव २०७२-०७३ को तुलनामा गत आर्थिक वर्षमा अपराधको संख्यामा कमी आएको तथ्यांकले देखाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आव २०७२-०७३ मा छ हजार २४४ अपराधका घटना भएकोमा गत आवमा यसमा कमि भई पाँच हजार ९२४ घटना घटेका छन् ।
जिल्लागत आधारमा काठमाडौँमा सबैभन्दा बढी ७७ प्रतिशत, ललितपुरमा १५ प्रतिशत र भक्तपुरमा आठ प्रतिशत अपराधका घटना घटेको महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुख एंव प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
अपराधका आधारमा सबैभन्दा बढी सामाजिक घटना दुई हजार ८८४, ज्यान उद्योग ८६३, संगठित अपराध ६१४, आत्महत्याका ४६८, चोरीका ४२९, महिला बालबालिका विरुद्धका अपराध ३०१, सवारी ज्यान १७६ र विविध ६५ घटना घटेका छन् ।
पेशाका आधारमा घटनामा संलग्नमध्ये बेरोजगार पाँच हजार १८२, मजदुरी गर्ने दुई हजार २०६, कृषिमा संलग्न ३७२, व्यापारी १९४ र कर्मचारी २७ छन् । घटनामा संलग्न अभियुक्तमध्ये ६५ प्रतिशत बेरोजगार छन् ।
गत आवमा सबैभन्दा बढी अपराध भदौ महिनामा ५९६ तथा सबैभन्दा कम वैशाखमा ४१७ घटना घटेका छन् । त्यस्तै बारका आधारमा शुक्रबार र शनिबार सबैभन्दा बढी अपराध १६-१६ प्रतिशत तथा आइतबार र सोमबार १३-१३ प्रतिशत अपराधको घटना घटेका छन् ।
यस्तै समयका आधारमा साँझ ६ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी एक हजार ६१५ घटना घटेका छन् भने बिहान ६ बजेदेखि १२ बजेसम्म सबैभन्दा कम एक हजार २८० घटना घटेका छन् । उमेर समूहका आधारमा १६ वर्षमुनिका १२१ र २६ देखि ३५ वर्षसम्म उमेर समूहका दुई हजार ३३८ घटना भएका छन् ।
स्थानका आधारमा उपत्यकाको मुख्य शहरी क्षेत्रमा ४९ प्रतिशत, नयाँ बस्ती बसेका ठाउँमा ३६ प्रतिशत र ग्रामीण भेगमा १५ प्रतिशत घटना घटेका छन् । उपत्यकामा सबैभन्दा बढी बैंकिङ विद्युतीय अपराध, मानव बेचबिखन, लागुऔषध, संगठित अपराध र साइबर अपराधका घटना बढ्दो मात्रामा रहेको छ ।
ती मध्येपनि संगठित अपराध र साइबर अपराधका घटना मुख्य चुनौतीका रुपमा आउँदै गरेको प्रहरी नायब महानिरीक्षक भण्डारीले बताउनुभयो ।
१२३ को ‘पोलिग्राफ टेस्ट’
उपत्यकामा गत आवमा झुट बोलेको हो वा होइन भन्ने परीक्षण विधि ‘पोलिग्राफ टेस्ट’ १२३ जनामा गरिएको थियो ।
परीक्षण गरिएकामध्ये ६४ जनाले झुट बोलेको, ३८ जनाले झुट नबोलेको तथा २१ जनाको हकमा ठोस धारणा आउन नसकेको प्रहरी नायब महानिरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
यौनजन्य हिंसा अनुगमन गरिने
सार्वजनिक सवारीमा विशेषगरी महिलामाथि छुने, जिस्काउनेजस्ता यौनजन्य हिंसा बढ्दै गएपछि प्रहरीले बुधबारबाट त्यसलाई न्यूनीकरण गर्न अभियान सुरु गर्ने भएको छ ।
पहिलो चरणमा तीन महिनाका लागि सार्वजनिक सवारीसाधनमा यौनजन्य हिंसा न्यूनीकरणका लागि अभियान सुरु गर्ने र त्यसको प्रभावकारिताका आधारमा त्यसको स्वरुपमा परिमार्जन गरिने प्रहरी नायब महानिरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत बसपार्कमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सवारीसाधनमा गोप्य रुपमा निगरानी बढाइने भएको छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल