लन्डन । गौरिका सिंह, रियो ओलम्पिक–२०१६ मा सबैभन्दा कान्छी खेलाडी भएर अन्तर्राष्ट्रिय मिडियामा निक्कै छाएकी नेपाली स्वीमर । सप्ताहन्त लन्डन मिलहिल ब्रोडवे नजिक निवास पुग्दा उनी केही थकित र बिसन्चो मुडमा देखिन्थिन् । तर, मनमा उत्साह र जोश जांगर विगतकै जस्तो ।
‘भर्खर प्राक्टिस गरेर आराम गरिरहेकी थिएं’, घर पुग्दा उनले नेपाली अंग्रेजी मिश्रित लवजमा सुनाइन्, ‘सोमबार सेफिल्ड जानुछ । त्यसको तयारीले पनि अलिक व्यस्त भएं ।’
ब्रिटिस समर च्याम्पियनसीप अन्तर्गत ५ इभेन्ट्सका लागि आमा गरिमा राणाका साथ सेफिल्ड जाने तयारीमा थिइन् गौरिका । उनले २५ देखि ३० जुलाइसम्म पोन्ड्स फोर्ग सेफिल्डमा हुने प्रतियोगितामा सहभागिता जनाउंदैछन् बार्नेट कोप्ट हल स्वीमिङ क्लबका तर्फबाट । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्वीमरका रुपमा ब्रिटिस स्वीमिङ (एएसए) मा आवद्ध छिन् गौरिका । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डमा प्रत्येक उमेर समूहबाट टप २५ स्वीमर ब्रिटिस समर च्याम्पियनसीपका लागि योग्य हुन्छन् ।
गौरिका २०० मिटर फ्रि स्टाइलमा दुई मिनेट ८ सेकेन्ड ३१ मिलि सेकेन्ड, ४ सय मिटर फ्रि स्टाइलमा चार मिनेट २९ सेकेन्ड ९८ मिलिसेकेन्ड, ८ सय मिटर फ्रि स्टाइलमा ९ मिनेट १३ सेकेन्ड ९७ मिलिसेकेन्ड र २०० मिटर इन्डिभिज्यूअल मेड्लीमा दुई मिनेट २६ सेकेन्ड २५ मिलिसेकेन्ड समयमा पार गरेर ब्रिटिस समर च्याम्पियनसीप्स्मा योग्य भएकी हुन् ।
‘मलाई आत्मविश्वास छ यो च्याम्पियनसीपमा नयां कीर्तिमान कायम राख्नेछु’, उनी भन्दै थिइन् ।
यस प्रतियोगिता सकिने बित्तिकै गौरिका ३१ जुलाइमा ब्रिटिस ओपन वाटर स्वीमिङ च्याम्पियनसीपको ३ किमी फाइनलमा उत्रनेछिन् ।
गौरिका थप उत्साहित त नेपाल गएर प्रतिष्पर्धा गर्ने कुराले छिन् । भदौ १ देखि ३ सम्म काठमाण्डौंमा हुन लागेको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिन अगष्टमा नेपाल जाने तयारीमा छन् उनी । ‘दुई वर्षपछि नेपाल जान लागेकाले ज्यादै उत्साहित छु’, उनले भनिन् । नेपालकै छोरी भएको बताउंदै गौरिका नेपाल सरकार र पौडी खेलसंग सम्बन्धित निकायले आफू जस्ता खेलाडीलाई थप प्रोत्साहन गरिदिउन् भन्ने चाहन्छिन् ।
छेउमै रहेका गौरिकाका बाबा कन्सल्टेन्ट युरोलोजिस्ट डा. पारसबहादुर सिंह पनि नेपाल सरकारले देशको गौरव राख्ने खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने औंल्याउंछन् । ‘हाम्रो तन मन त नेपालमै छ’, उनी थप्छन्, ‘नेपालकै इज्जत र गौरव बढाउन हामी अग्रसर छौं । सरकार र सम्वन्धित निकायले अझ प्रोत्साहित गरिदिए हुन्थ्यो ।’ नेपालका प्रमुख खेलमा बेलैमा जानकारी पाए गौरिकालाई प्रतिष्पर्धामा लैजान आफ्नो साथ समर्थन सधैं रहने उनले बताए ।
१२ औं संस्करणमा ऐतिहासिक एक रजत र तीन कांस्यपदक जितेकी गौरिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि थुप्रै पदक जित्ने अठोट गरेकी छन् ।
ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष २ सय ५५ दिन उमेरकी थिइन् गौरिका । रियो ओलम्पिकमा ११ हजार बढि खेलाडीमाझ अन्तर्राष्ट्रिय मिडियाले उनको जति चर्चा गरे, त्यसले नेपाल र नेपालीको समेत इज्जत बढाएको गौरिकाको अनुभव छ । त्यसयता लाइमलाइटमा आएकी ‘स्वीमर सेलिब्रेटी’ गौरिका आफ्नो परिवार र हयाबरडेसर्स गल्स स्कुलबाट समेत पूर्ण सहयोग पाएकामा आभारी छन् । कान्तिपुर
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा