काठमाडौँ, ३ साउन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ ।
सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रु १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।
निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३-७४ मा खर्च हुन बाँकी रहेको रु तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई रु तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म रु एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले जनाएको छ ।
क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई रु ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई रु दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले जनाएको छ ।
त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको जनाएको छ । निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो ।
स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये रु एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले जनाएको छ ।
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय