
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा भेट गर्दै । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, १ साउन । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण आयोग अब छिट्टै गठन हुने जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानुन निर्माण अब चाँडै हुने भएकाले निर्वाचनका लागि तयारी अवस्थामा रहन आज निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोली आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेको थियो ।
भेटमा सहभागी गृहमन्त्री जनार्दन शर्माले आयोगका पदाधिकारीसँग खासगरी निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभयो ।
मतदाता नामावली संकलनको अवधि र स्थानीय तहमा पुगेर मतदाता नामावली दर्ता गर्न सकिन्छ वा सकिँदैन भन्नेबारेमा पनि उहाँहरुबीच छलफल भएको थियो ।
प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पूर्वाधारका रुपमा रहेका कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका विषयमा छलफल भएको बताउनुभयो ।
निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनका लागि माग गरिएको जानकारी दिँदै उहाँले निर्वाचन कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी त्यसको प्रतिवेदन चाँडै पाउनुपर्ने आयोगको माग हो भन्नुभयो ।
निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने तथा निर्वाचन आयोगको मागअनुरुपको कानून पनि दु्रतमार्गबाट पारित हुने कुरा सरकारका तर्फबाट विश्वास दिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो ।
यसैबीच, आयोगले मतदाता नामावली संकलन गर्न दिएको समयावधिभित्र जिल्ला निर्वाचन कार्यालयमा पुगेर समय र स्थानको भरपूररुपमा सदुपयोग गर्न सबैसँग आग्रह गरेको छ ।
निर्वाचन आयोगले आजदेखि यही साउन १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोगका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा