काठमाडौँ, १ साउन । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले देशमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि पहिलेदेखि नै अल्झिएर थाती रहेको संविधान संशोधनको विषयलाई सम्बन्धित पक्षसँग तत्काल वार्ता गरेर टुङ्गो लगाउन माग गरेको छ ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टाईले आज संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयलाई टुङ्ग्याएर मात्रै आगामी निर्वाचनका लागि सहज वातावरण बन्ने बताउनुभएको छ ।
नेपाली जनताले लामो सङ्घर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता आदिजस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि आफूहरुलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संघीयताको प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरि संघीय व्यवस्थापिका–संसद्को निर्वाचन पुरानै २४० निर्वाचन क्षेत्रअनुरुप गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्नेछ । त्यसैले प्रदेशको चुनाव पहिले गरियोस् ।”
कुनै पनि हालतमा पुरानै निर्वाचन क्षेत्र कायम राख्ने कुरा आफूहरुलाई मान्य नहुने विज्ञप्तिमा जनाइएको छ । यसले संघीयता र समावेशितासहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भएकाले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद् र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गर्न दुई दलले माग गरेका छन् ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा