प्रधानमन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न सप्तरीमा

राजविराज, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभयो ।

प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गर्नुभयो ।

सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा उहाँले जानकारी पनि लिनुभएको थियो ।

एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएको बाढीले त्यहाँको बाँध भत्काउनाका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेको थियो ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री जनार्दन शर्मा पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री