
प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ परराष्ट्र सचिव कुङ सेन युले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठकको सहअध्यक्षता गर्ने सिलसिलामा यहाँ रहनुभएका चीनका परराष्ट्र सचिव कुङ सेन युले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
सचिव कुङले परामर्श संयन्त्रका निष्कर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै दुई देशबीचको सहयोगलाई अझ घनिभूत तुल्याउने र द्विपक्षीय सहयोगका नयाँ क्षेत्र पहिल्याउनेबारे अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सचिव कुङले शिष्टाचार भेट गर्नुभएको थियो ।
भेटबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै उपप्रधानमन्त्री महराले निकट भविष्यमा चीनका उच्चपदाधिकारीबाट नेपाल भ्रमण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “चीन–नेपालबीच विगतमा भएका सम्झौता कार्यान्वयन तथा सहयोगलाई निरन्तरता दिन चीन तयार रहेको जानकारी चिनियाँ विदेश सचिवले दिनुभयो ।”
भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका साथै आपसी सहयोग र सहकार्य प्रवद्र्धन गर्नेसम्बन्धमा आफूहरूबीच छलफल भएको उहाँले बताउनुभयो ।
उपप्रधान एवम् परराष्ट्रमन्त्रीले उक्त भेटमा हालै बेइजिङमा भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा आफूले भागलिएको स्मरण गर्दै त्यस योजनाअन्तर्गत नेपाल र चीनबीच सीमा पार आर्थिक क्षेत्र स्थापनालाई द्विपक्षीय सम्बन्ध विकासमा महत्वपूर्ण भएको बताउनुभयो ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता