
प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ परराष्ट्र सचिव कुङ सेन युले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठकको सहअध्यक्षता गर्ने सिलसिलामा यहाँ रहनुभएका चीनका परराष्ट्र सचिव कुङ सेन युले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
सचिव कुङले परामर्श संयन्त्रका निष्कर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै दुई देशबीचको सहयोगलाई अझ घनिभूत तुल्याउने र द्विपक्षीय सहयोगका नयाँ क्षेत्र पहिल्याउनेबारे अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सचिव कुङले शिष्टाचार भेट गर्नुभएको थियो ।
भेटबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै उपप्रधानमन्त्री महराले निकट भविष्यमा चीनका उच्चपदाधिकारीबाट नेपाल भ्रमण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “चीन–नेपालबीच विगतमा भएका सम्झौता कार्यान्वयन तथा सहयोगलाई निरन्तरता दिन चीन तयार रहेको जानकारी चिनियाँ विदेश सचिवले दिनुभयो ।”
भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका साथै आपसी सहयोग र सहकार्य प्रवद्र्धन गर्नेसम्बन्धमा आफूहरूबीच छलफल भएको उहाँले बताउनुभयो ।
उपप्रधान एवम् परराष्ट्रमन्त्रीले उक्त भेटमा हालै बेइजिङमा भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा आफूले भागलिएको स्मरण गर्दै त्यस योजनाअन्तर्गत नेपाल र चीनबीच सीमा पार आर्थिक क्षेत्र स्थापनालाई द्विपक्षीय सम्बन्ध विकासमा महत्वपूर्ण भएको बताउनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]