काठमाडौँ, १८ जेठ । सर्वोच्च अदालतमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा पुनःअसार १ गते सुनुवाइ हुने तय भएको छ ।
न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी असार १ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
निवेदन सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्नुभएको थियो । सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि वरियता क्रममा आफू पहिलो नम्बरमा भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा