
नुवाकोट, ४ जेठ । नुवाकोटको चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । तीन स्थानीय तहमा नेपाली काँग्रेसका उम्मेदवार र एक स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । किस्पाङ गाँउपालिकाको अध्यक्षमा काँग्रेस उम्मेदवार छत्रबहादुर लामा दुई हजार ५६८ मत ल्याएर अध्यक्षमा र मायाँदेवी न्यौपाने दुई हजार ३९४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
दुप्चेश्वर गाँउपालिकाको अध्यक्षमा योवीन्द्रसिंह लामा र उपाध्यक्षमा अञ्जु आचार्य विजयी हुनुभएको छ । अध्यक्षमा लामाले तीन हजार ५१४ मत र उपाध्यक्षमा आचार्यले तीन हजार ९४३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
यस्तै, तादी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा इश्वरी उप्रेती विजयी हुनुभएको छ । अध्यक्ष पाण्डेले तीन हजार ९० मत र उपाध्यक्ष उप्रेतीले तीन हजार १५६ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
यस्तै, तार्केश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रमेश वस्ती तीन हजार ६१६ र उपाध्यक्ष तारा रिमाल तीन हजार ५३५ मत ल्याएर निर्वाचित हुनुभएको हो । नुवाकोटमा रहेका १२ मध्ये बाँकी आठ स्थानीय तहमा मतगणना जारी छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान