निर्वाचनमा कसको जित, कसको हार ? यहां छ पछिल्लो अपडेट

काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठले एक हजार ३५ मत ल्याई विजयी हुनुको साथै महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६, खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ महानगर मा एमाले विजयी

काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी हुनुभयो ।

यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी हुनुभयो । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बनेपा , , मा एमाले विजयी

काभ्रे, ३ जेठ । काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी हुनुभएको छ भने वडा नं– ६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएको छ । यसैगरी वडा नं ७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

मेलम्ची, मा एमाले, मा काँग्रेस विजयी

मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– ९ मा नेपाली काँग्रेस विजयी भएको छ ।

नगरपालिकाको वडा नं– ६ को वडाध्यक्षमा एमालेका जितराज थापाले ८०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रेम तामाङले ६२५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सोही नगरपालिकाको वडा नं ७ को वडाध्यक्षमा एमालेका ज्ञानु श्रेष्ठले एकम हजार ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्यानबहादुर तामाङले ७२२ मत प्राप्त गर्नुभयो ।

सो नगरपालिकाको वडा नं– ८ को वडाध्यक्षमा एमालेका छङ्कराज गिरीले ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितबहादुर दोङले ३२७ मत प्राप्त गर्नुभयो ।

यस्तै सो नगरपालिकाको वडा नं– ९ को वडाध्यक्षमा काँग्रेसका कमलबहादुर खड्काले ९२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ठाकुरप्रसाद कुँइकेलले ६५८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणामअनुसार नगर प्रमुखमा नेकपा (एमाले)का डम्वर अर्यालले पाँच हजार ५५५ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका आइतमान तामाङले चार हजार ९४२ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का श्याम खड्काले दुई हजार ३२२, राप्रपाका फणिन्द्र दाहालले दुई हजार एक मत प्राप्त प्राप्त गर्नुभएको छ ।

यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेका भगवती नेपालले पाँच हजार ७४७, काँग्रेसका सविता गुरुङले चार हजार ७१९, राप्रपाका कुमारी तामाङले दुई हजार १६५ र नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले एक हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।

सल्यानमा तीन गाउँपालिका ५३ वडाको नतिजा सार्वजनिक

सल्यान, ३ जेठ। स्थानीय तहको निर्वाचनमा आज बिहानसम्म तीन गाउँपालिका र ५३ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त मतपरिणाम अनुसार दार्मा गाउँपालिकाको अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का निमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित हुनुभएको छ । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नेकपा एमाले र नेपाली काँग्रेसबीच समिकरण गरिए पनि (माओवादी केन्द्र) विजयी भएको हो । यसैगरी दार्मा गाउँपालिका– १ को वडाअध्यक्षमा एमालेका कविकुमार चन्द विजयी हुनुभएको छ भने वडा नं– २,३,४,५ र ६मा क्रमशः माओवादीका डिल्ली केसी, सेतीराम रोका, चन्द्रबहादुर रावत, दुर्गा मल्ल र रामबहादुर केसी विजयी हुनुभएको छ ।

यसैगरी ढोरचौर गाउँपालिकाको अध्यक्षमा एमालेका चित्रबहादुर चलाउने विजयी हुनुभएको छ । उहाँले एक हजार ९२५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्वी माओवादीका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा एमालेका पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । ढोरचौर गाउँपालिका– १ र २ को वडाध्यक्षमा माओवादीका क्रमशः रामबहादुर बस्नेत र रुद्रबहादुर बुढाथोकी वडा नं– ३ मा एमालेका शालिकराम बुढाथोकी र वडा नं– ५ मा नन्दलाल बोहरा विजयी हुनुभएको छ । वडा नं– ४ मा काँग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी मतप्राप्त गरेपछि गोलाप्रथा मार्फत काँग्रेसमा दिनेश बिएम विजयी हुनुभएको हो ।

यसैगरी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकेन्द्र सिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा काँग्रेसकै करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी बागचौर नगरपालिका– १ मा काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं– २ मा एमालेका घनश्याम शर्मा, वडा नं– ३ मा (माओवादीका टीकाराम खत्री, वडा नं– ४ मा माओवादीका प्रेमबहादुर पुन, वडा नं– ५ मा माओवादीका डिल्लीबहादुर वली, १२ मा माओवादीका दीपक वली, वडा नं ११ मा मोहन खड्का, वडा नं– १० मा कृष्णबहादुर खड्का विजयी हुनुभएको छ ।

यसैगरी शारदा नगरपालिका वडा नं– १ मा एमालेका नवराज बुढाथोकी, वडा नं– २ मा टोपबहादुर थापा र वडा नं.– ३ मा केशवसिंह बुढाथोकी विजयी हुनुभएको छ । यस्तै वडा नं– ४ मा काँग्रेसका सुधन विष्ट, वडा नं– ५ मा प्रदिप शाही, वडा नं– ६ मा भिखराज बुढाथोकी विजयी हुनुभएको छ । शारदा नगरपालिकामा मङ्गलबार बेलुकादेखि रोकिएको मतगणना यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छ्रैन मत गणनाका क्रममा ५४ मत नपुगेपछि एमाले, माओवादी केन्द्र र राप्रपाले पुनः मतगणनाको माग रोखेकाले अहिलेसम्म सुरु हुन नसकेको हो ।

वनगाड कुपिण्डे नगरपालिकामा वडा नं– १ मा एमालेका शान्तकुमार यरी, वडा नं– १२ मा गोविन्द डाँगी विजयी हुनुभएको छ । यस्तै वडा नं– २ मा माओवादीका प्रतिमल रोकाय विजयी हुनुभएको छ । वडा नं– ११ मा नेकपा माओवादी केन्द्रका वीरबहादुर बुढा, वडा नं– ३ मा माओवादी केन्द्रकै टेकबहादुर पुन विजयी हुनुभएको छ ।

कपुरकोट गाउँपालिका वडा नं– १ मा माओवादीका बालाराम खड्का र वडा नं– २ मा मानबहादुर राना विजयी हुनुभएको छ । यस्तै वडा नं– ३ मा काँग्रेसका मीनबहादुर सेन विजयी हुनुभएको छ । वडा नं– ४ एमालेका हरिलाल पुन विजयी हुनुभएको छ ।

छत्रेश्वरी गाउँपालिकामा वडा नं– १ मा काँग्रेसका नेवबहादुर शाह, वडा नं– २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । वडा नं– ३ मा एमालेका राजबहादुर बुढाथोकी विजयी हुनुभएको छ । वडा नं– ४ मा एमालेका नेवबहादुर खड्का र वडा नं– ५ मा एमालेकै लीलाधर घर्ती विजयी हुनुभएको छ ।

यसैगरी कालीमाटी गाउँपालिका वडा नं– ७ मा काँग्रेसका नैनसिंह राना, वडा नं– ६ मा माओवादीका टेकबहादुर थापा पुलामी, वडा नं– ५ मा एमालेका चन्द्रबहादुर गाह विजयी हुनुभएको छ । यस्तै वडा नं ४ मा एमालेका बेलबहादुर चन्द, वडा नं– ३ मा एमालेका वीरबहादुर वली विजयी हुनुभएको छ ।

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ ।

उहाँले दुई हजार ७४९ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाउनु भएको छ भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी रिना गुरुङले २२३ मत पाउनु भएको छ ।

लमजुङको मध्यनेपाल प्रमुखमा काँग्रेसका पाण्डे, उपप्रमुखमा एमालेका श्रेष्ठ निर्वाचित

बँेसीसहर (लमजुङ), ३ जेठ । लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पार्नुभएको हो । पौडेलले चार हजार ५४७ मत ल्याउनुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीता शाहीलाई २३४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।

श्रेष्ठले पाँच हजार ५६६ र शाहीले पाँच हजार ३३२ मत ल्याउनुभएको छ । प्रमुखमा निर्वाचित पाण्डे नेपाली काँग्रेसको महासमिति सदस्य एम्व तरुण दल लमजुङको अध्यक्ष हुनुहुन्छ । उपप्रमुखमा निर्वाचित श्रेष्ठ एमालेको सचिवालय सदस्य हुनुहुन्छ ।

मध्यनेपाल नगरपालिकाको वडा नं १ को अध्यक्षमा काँग्रेसका चन्द्रमणि पौडेल, वडा नं–२ को अध्यक्षमा काँग्रेसका पदमबहादुर थापा, वडा नं– ३ को अध्यक्षमा एमालेका नेत्रबहादुर बस्नेत, वडा नं– ४ को अध्यक्षमा एमालेका निर्मल गौतम, वडा नं– ५ को अध्यक्षमा काँग्रेसका बालकुमार जोशी निर्वाचित हुनुभएको छ ।

यस्तै वडा नं– ६ को अध्यक्षमा (माओवादी केन्द्र)का विष्णुभक्त पौडेल, वडा नं– ७ को अध्यक्षमा काँग्रेसका गगन घिमिरे, वडा नं ८ को अध्यक्षमा एमालेका अमृत तामाङ, वडा नं ९ अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर र वडा नं १० को अध्यक्षमा काँग्रेसका रामचन्द्र भण्डारी निवाचित हुनुभएको छ ।

गोरखामा विजय मनाउँदै गोरखा नगरपालिका–५ मा रामशरण अधिकारी र ६ मा नारायणप्रसाद अर्यालको समूह निर्वाचित भएपछि विजय मनाउँदै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस

नेपालमै पहिलो गाउँपालिका अध्यक्षमा महिला विजयी

नवलपरासी, ३ जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बन्नुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी बन्नुभएको छ । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मतअन्तरले विजयी बन्नुभएको हो ।

अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गर्नुभएको थियो ।

यसअगावै, नवलपरासीको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका दुर्गाबहादुर राना विजयी बन्नुभएको छ । यसैगरी, उपाध्यक्षमा पनि काँग्रेसकै मायादेवी श्रेष्ठ बिजयी बनिसक्नु भएको छ ।

योसँगै नवलपरासीका कुल चारवटा गाउँपालिकामध्ये तीनवटा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् । हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी बनेको हो ।

बेनी नपाका चार वडामा एमाले विजयी

बाबियाचौर (म्याग्दी), ३ जेठ । बेनी नगरपालीकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अणबहादुर खड्का भगवानले ४२५ र नेपाली काँग्रेसका मिनबहादुर बानियाँले ४०५ मत प्राप्त गर्नुभएको छ ।

सदस्यमा दुर्गा कार्की बानियाँ, जमुना मिजार, खडानन्द कँडेल र देवबहादुर घले निर्वाचित हुनुभएको छ । बेनपा–५ को वडा अध्यक्षमा निर्वाचित एमालेका लक्ष्मण बानियाँले ६९९ मत प्राप्त गर्नुभएको छ । सदस्यमा यामकुमारी पाईजा पुन, रीता दर्जी, तोकबहादुर कार्की र रामप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ ।

बेनपा–६ को वडा अध्यक्षमा एमालेका कृष्णबहादुर कार्कीले ७२२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायण कार्कीले ३२० मत ल्याउनुभएको छ । वडा सदस्यमा एमालेका सावित्री उपाध्याय, राजकुमारी विश्वकर्मा, गणेशबहादुर शाही र दयासागर शर्मा निर्वाचित हुनुभएको छ ।

वडा नं ७ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठले ३३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश श्रेष्ठले २७९ मत प्राप्त गर्नुभएको । सदस्यमा नेकपा माओवादी केन्द्रका शेरबहादुर केसी, राप्रपाका हरिबहादुर शाक्य, एमालेकी टकसरा राना र शर्मिला पुन किसान निर्वाचित हुनुभएको छ ।

बेनी नगरपालिकाका सातवटा वडाको मतगणना सकिँदासम्म प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले ४,२६७, काँग्रेसका हरिकुमार श्रेष्ठले चार हजार १३७, उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले तीन हजार २८१ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले दुई हजार ९९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकाको वडा नं ८, ९ र १० को मतगणना सकिन बाँकी छ । वडा नं १ मा एमालेका टेकबहादुर रावल, २ मा एमालेका हीराबहादुर थापा र ३ मा स्वतन्त्र उम्मेदवार पदम पुन निर्वाचित हुनुभएको छ ।

फिकलमा एमाले विजयी

सिन्धुली, ३ जेठ । फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार तीन हजार २१४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यशोदाकुमारी घिमिरेले दुई हजार ७२३ मत प्राप्त गर्नुभयो ।

यस्तै फिकल गाउँपालिकाका ६ वटा वडामध्ये दुईवटा वडाध्यक्षमा नेपाली काँग्रेस र चारवटा वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं– १ को वडाध्यक्षमा काँग्रेसका चेतबहादुर विश्वकर्माले ६०० मत तथा वडा नं–६ को वडाध्यक्षमा काँग्रेसकै खड्ग नेपाली ५३० मत ल्याई विजयी हुनुभएको छ ।

यस्तै वडा नं २, ३, ४ र ५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं २ को वडाध्यक्षमा शङ्कर भण्डारी ६७३, वडा नं ३ को वडाध्यक्षमा टेकबहादुर रजनमगर ६४७, वडा नं ४ को वडाध्यक्षमा गोपालबहादुर मगर ६६९ तथा वडा नं ५ को वडाध्यक्षमा राजु बराल ५७४ मत ल्याई विजयी हुनुभएको छ ।

सिन्धुलीका ९ वटा तहमध्ये पाँच गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । कमलामाई, दुधौली, तीनपाटन नगरपालिका तथा सुनकोसी गाउँपालिकाको मतगणना कार्य चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री