सल्यान, २ जेठ । त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।
अध्यक्षमा विजयी काँग्रेसका मानबहादुर डाँगीले दुई हजार ७६५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लोकेन्द्रसिंह खड्काले दुई हजार ३१७ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा विजयी काँग्रेसका करुणा खड्काले दुई हजार ६४५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पवित्रा केसीले दुई हजार ३७७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शारदा नपामा मतगणना स्थगित
सल्यानको शारदा नगरपालिकाको मतगणना स्थगित भएको छ । शारदा नगरपालिका–४ को मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणना स्थलबाट बाहिरिएको थियो । एमालेले शारदा नगरपालिका–४ को मतगणना गर्ने क्रममा अनियमितता भएको भन्दै निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीलाई लिखित उजुरी दिएको छ ।
उत्तरगया गाउँपालिकामा काँग्रेस विजयी
रसुवा, २ जेठ । उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उपेन्द्रराज लम्सालले एक हजार ६३० मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटमत प्रतिद्वन्द्वी नेकपा (एमाले)का अशोककुमार घिमिरेले एक हजार ४९२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्क्षमा एमालेकी चमेली गुरुङले एक हजार ८७८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँको निकतम प्रतिद्वन्द्वी काँग्रेसकी शेषकुमारी अधिकारीले एक हजार २८५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । रासस
सिन्धुलीको गोलन्जोर गापामा काँग्रेस निर्वाचित
सिन्धुली, २ जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) टीकाबहादुर देवकोटाले दुई हजार ५८४, उपप्रमुख धनकुमारी पुलामीले दुई हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।
गोलन्जोर वडा नम्बर १ मा माओवादी केन्द्रका मीनबहादुर सुनुवारले ५२८, वडा नम्बर २ मा काँग्रेसका दौलत कार्की ४७७, वडा नम्बर ३ मा काँग्रेसका पुस्कर बराल ४४२, वडा नम्बर ४ मा एमालेका बेगबहादुर मगर ६७६, वडा नम्बर ५ र ६ मा नेपाली काँग्रेसकै बुद्धिबहादुर पाल्पाली ५३० र पुरुषोत्तम श्रेष्ठले ५३७, वडा नम्बर ७ मा एमालेका रोमबहादुर देवकोटा ५९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी
फलेवास (पर्वत) २ जेठ । पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् ।
महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा(एमाले) विजयी भएको हो ।
अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज्ज्वल गुरुङले दुई हजार १० मत पाएका छन् ।
यसैगरी उपाध्यक्ष पदमा विजयी हीरादेवी थापाले दुई हजार ४८३ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेसकी सिर्जना मल्ल ठकुरीको एक हजार ९५१ मत रहेको छ ।
त्यस्तै वडा नं १, ३, ४, ५ र ६ मा समेत एमालेको प्यानल नै जितेको छ । वडा नं २ मा भने काँग्रेसले जितेको छ । वडा नं १ मा ईश्वरी भुसाल, २ मा ताराबहादुर राना, ३ मा रोशन गुरुङ, ४ मा पुरनबहादुर मल्ल, ५ मा जीवन उचैं ठकुरी र ६ मा रामबहादुर सुनार विजयी भएका छन् ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ